केपी ओलीलाई कांग्रेस नेता खतिवडाले दिए धन्यवाद !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन १४, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयमा पार्टीको सिफारिस नमान्ने भनेर लिएको अडानलाई नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सम्मान गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै कांग्रेस नेता खतिवडाले ओलीको अडान ठीक भएको बताएका छन् ।

नेपाल लाइफ

नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गरेपनि ओलीले डा. युवराज खतिवडा नै राष्ट्रियसभा सदस्य हुने अडान लिएका छन् ।

ओलीको अडानको प्रशंसा गर्दै कांग्रेस नेता खतिवडाले धन्यवाद समेत दिएका छन् । नेकपाभित्र राष्ट्रियसभा सदस्यको सिफारिसलाई लिएर विवाद बढिरहेका बेला कांग्रेस नेताको ट्विट आएको छ ।