देउवाले यसरी खोले ओली सरकारको खतरनाक नियत !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन १४, २०७६

नेपाटप

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले आरोप लगाए जसरी आफूले नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नगरेको दाबी गरेका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कम्युनिस्ट सरकारको खतरनाक नियतको समेत खुलासा गरेका छन् ।

नेपाल लाइफ

लिज प्रकरणमा गलत तरिकाले आफ्नो नाम जोडेर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र गोकर्ण फरेस्ट रिसोर्टको लिज प्रकरणमा भएको अनियमितताबाट ध्यान मोड्ने सरकारी षड्यन्त्र रहेको देउवाले खुलासा गरेका छन् ।

नेपाल ट्रस्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाखरेलले बुधवार श्वेतपत्र जारी गर्दै ताहचल सोल्टी आउटर कम्प्लेक्सको जग्गा थामुसेर्कु ट्रेकिङलाई लिजमा दिने प्रस्ताव स्वीकृत गर्दा तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ट्रस्टको संरक्षक र गृहमन्त्री जनार्दन शर्मा अध्यक्ष रहेको उल्लेख गरेका थिए ।

सपभाति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन ।’

देउवाले आफ्नो सहभागिता विना भएको निर्णयमा नाम जोडेर गरिएका प्रचारप्रति गम्भीर आपत्ति समेत जनाएका छन् ।