BREAKING : नेकपामा खतरनाक भिडन्तको संकेत, ओलीले वामदेवलाई फेरी दिए चक्मा !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन १४, २०७६

नेपाटप

काठमाडौं– नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको केही समय वित्न नपाउँदै उल्टिएको छ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय अस्वीकार गरेका छन् ।

नेपाल लाइफ

नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन् ।

बैठकको बहुमतले गरेको निर्णय प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् ।

पार्टीको निर्णय प्रधानमन्त्री ओलीले नमानेपछि सत्तारुढ दल नेकपामा ठूलै भिडन्तको संकेत देखिएको छ ।