कम्युनिस्ट राज्यमन्त्रीका सल्लाहकारले देखाए असली औकात, युवती माथि बलात्कार !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन १४, २०७६

नेपाटप

काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामला सल्लाहकार अमृतकुमार घलेलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बनेपादेखि काठमाडौं जाने बस कुरेर बसेकी १२ कक्षामा अध्ययनरत किशोरीलाई घलेले पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा चढाएका थिए।

नेपाल लाइफ

बनोपबाट काठमाडौं आउने क्रममा घलेले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै बताएर आकर्षित परेका थिए।

किशोरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर उनले गत माघ २७ गते टोखास्थित आफ्नो फ्ल्याटमा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

किशोरीले घटनाबारे परिवारलाई बताएपछि सोही सूचनाका आधारमा घलेलाई पक्राउ गरिएको र युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ।