नेपाल छोड्ने तयारीमा सुजता कोइराला, कहाँ जाँदैछिन?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन १४, २०७६

नेपाटप

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुजाता कोइरालाले नेपाल छाडेर विदेश जाने तयारी गरेको खबर बाहिर आएको छ ।

नेतृ कोइरालाले विदेश बस्नकै लागि आफ्नो नाममा रहेको अधिकांश सम्पत्ति बिक्री गरेको स्रोतले जनाएको छ । नेतृ कोइरालाका बुबा गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् ।

नेपाल लाइफ

बाँकी सम्पत्ति पनि आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । नेपाल छाडेर र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने सुजाताको योजना बनाएको स्रोतले जनाएको छ ।

कांग्रेस नेतृ कोइरालाले काठमाडौंस्थित बेलायती दूतावासमा १० वर्षे भिसाको लागि आवेदन दिएकी छिन् । भिसा पाउनासाथ उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा छिन् ।