कांग्रेसले गुमायो अर्का नेता, कांग्रेसजन स्तब्ध

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, फाल्गुन २, २०७६

नेपाटप

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ ।

शुक्रबार विहान उनको निधन भएको कांग्रेस संसदीय दलले जनाएको छ।

नेपाल लाइफ

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति थिए ।

आन्द्राको क्यान्सरबाट पीडित उपाध्यायको आफ्नै निवासमा आज विहान ५० वर्षको उमेरमा निधन भएको हो । उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।