नेपाल र भट्टराईलाई आइलाग्यो यति ठूलो आपत, जेल जान सक्ने !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ २९, २०७६

नेपाटप

काठमाडौं– पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई कारबाही माग गदै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएको भन्दै उनीहरुलाई पनि छानविनको दायरमा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो।

नेपाल लाइफ

बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

अख्तियारले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा गत बुधबार पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जना विरूद्ध भ्रष्टचार मुद्दा दर्ता गरेको थियो ।

सो प्रकरणमा नेपाल र भट्टराई दुवै प्रधानमन्त्री रहेको मन्त्रीपरिषद्बाट निर्णय भएको स्पष्ट हुदा हुदै अख्तियारले मुद्दा नलाएको भन्दै उनीहरुलाई समेटेर पुरक मुद्दा अघि बढाउनेगरी आदेश दिन निवेदनमा माग गरिएको छ।