अख्तियार सरकारको इशारामा चलेको कम्युनिस्ट मन्त्रीकै खुलासा

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, माघ २५, २०७६

नेपाटप

काठमाडौंं – संवैधानिक व्यवस्था अनुसार गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कम्युनिस्ट सरकारको इशारामा चलेर विपक्षी पार्टीका नेतालाई सिध्याउन लागेको आरोप कांग्रेसले लगाइरहेका बेला त्यो आरोप पुष्टि हुने गरी एक कम्युनिस्ट मन्त्रीले अभिव्यक्ति दिएकी छन् ।

कम्युनिस्ट सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालले अख्तियारले सरकारको प्रतिबद्धता र भाव अनुसार काम गरिरहेको बताइन् ।

नेपाल लाइफ

ओली सरकारले भ्रष्टाचार शून्यमा झार्ने प्रतिबद्धता जनाए अनुसार आयोगले कमद चालेको उनले बताइन् । अख्तियारको संवैधानिक काम नै भ्रष्टाचारविरुद्ध लाग्नु भएपनि सरकारको इशारामा आयोग चलेको खुलासा मन्त्री अर्यालले गरिन् ।

स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकास्थित मातृभूमि माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री अर्यालले सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको समेत खुलासा गरिन् ।

कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले सरकारको इशारामा मुद्दामा फसाएको आरोप लागिरहेका बेला मन्त्री अर्यालले सरकारले अख्तियारमार्फत कदम चालिरहेको बताएकी छन् ।