कांग्रेस कड्किएपछि संसदमा हंगामा, सभामुख सापकोटाको बोली चिप्लियो !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ २३, २०७६

नेपाटप

काठमाडौं– प्रतिनिधी सभाको विहिबारको बैठकमा कांग्रेस कड्किएपछि सभामुख अग्नि सापकोटा चिप्लिएका छन् ।

संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि बिहीवार कांग्रेसले संसद् अवरुद्ध गरेको थियो ।

नेपाल लाइफ

बिहीवार प्रतिनिधि सभा बैठकको शुरूमै प्रतिपक्षी दल कांग्रेसका सांसदहरू उठेर विरोध जनाए । त्यसपछि सभामुख सापकोटाले सचेतक पुष्पा भुसाललाई बोल्न समय दिए ।

प्रतिपक्षी दलले सदन अवरुद्ध गर्ने थाहा भएपनि विगतमा सभामुखहरूले ‘के छ माननीयहरू ? कोही बोल्न चाहनुभएको हो ?’ भनेर सोध्ने गर्दथे ।

नयाँ सभामुख सापकोटाले शुरूमै पुष्पालाई बोल्न समय दिए । बोल्न पाउनुपर्ने माग गर्दै पुष्पाले हात उठाएकी थिइन् ।

पुष्पाले सरकारले प्रतिशोधपूर्ण ढंगले गच्छदारलाई फसाउन खोजेको आरोप लगाइन् । उनले बोलिसकेपछि कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख सापकोटाले सदन अवरुद्ध नगर्न कांग्रेसलाई आग्रह गरे । तर, कांग्रेस सांसदले अवरोध जारी नै राखे ।

त्यसपछि सभामुखले भने, ‘‘माननीय सदस्यहरू प्रमुख प्रतिपक्षी दलका माननीय सदस्यहरू उभिइराख्नुभएको छ, यो अवस्था भनेको अवरोधको अवस्था हो, यो अवस्थामा सदनको कारवाही अगाडि बढाउनु बान्छनीय हुँदैन, त्यसकारण यो बैठक भोलि ….’ यति भनेर सापकोटा अड्किए ।

भोलि कति गते हो ? भन्दै सापकोटा कर्मचारीहरू बसेको कार्यकक्षतिर हेरे । त्यसपछि सचिवालयका कर्मचारी राजन घिमिरे हत्तपत्त आएर मितिबारे लेखेरै जानकारी गराए । माइक अन भएका कारण उनी बोलेनन् ।

अनि सभामुख साकोटाले भने, ‘भोलि शुक्रवार १ बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ ।’