भारतमा मृत भेटिए पूर्व एमालेबाट निर्वाचित वडाध्यक्ष खड्का

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १, २०७६

नेपाटप

नेपालगञ्ज – स्थानीय तह निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतमा मृत भेटिएका छन् ।

मृत भेटिएका खड्काको शव भारतको उत्तर प्रदेश राज्यको बहराइचको शंकर होटेलमा बुधवार फेला परेको जनाइएको छ ।

नेपाल लाइफ

नगरपालिकाका प्रवक्ता माधव रिजालले खड्काको मृत्यु भएको जानकारी आएपछि जनप्रतिनिधिको टोली बहराइच जान लागेको बताए । ६८ वर्षीय खड्का नगरपालिकाको चुनावमा पूर्व एमालेबाट विजयी भएका थिए, उनी हाल नेकपाका नेता थिए ।