केपी ओली अस्पतालमै थन्किएपछि प्रचण्डको ठूलो सपना चक्नाचूर !

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा ‘वान टु वान’ वार्ता गर्न चाहन्थे । तर प्रचण्डले सीसँग एक्लै भेट्न पाएनन् ।
प्रचण्डले सीसँग कुराकानी गरेर केही माग राख्न तयारी समेत गरेका थिए । पार्टीभित्र छलफल गरेर सीसँग कुराकानी गर्ने एजेन्डा समेत तय गरिसकेका प्रचण्डले सीसँग एक्लै छलफल गर्न पाएनन् ।
सीसँग एक्लै छलफल गर्ने सपना पूरा गर्न प्रचण्डले मंसिर २४ गते चीन भ्रमणमा जाने तय गरेको भएपनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको बिरामी भएर अस्पतालमै थन्किएपछि प्रचण्डको सपना चक्नाचूर भएको छ । ओली बिरामी भएका कारण प्रचण्डले चीन भ्रमण स्थगित गर्नुपरेको छ ।
चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा नेकपाका केही नेतासहित प्रचण्ड तीन दिनका लागि मंसिर १४ गते चीन भ्रमणमा जाने तय भएको थियो । तर अन्तिममा आएर प्रचण्डको चीन भ्रमण स्थगित भएको छ ।
नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच असोजमा भएको ६ बुँदे सहमतिमा नेकपाका सबै ४ सय ४५ केन्द्रीय सदस्यले आगामी दुई वर्षभित्र चीनमा अध्ययन भ्रमण गर्ने समझदारी भएको थियो । सोही सहमति अनुसार प्रचण्ड चीन भ्रमण जान लागेका थिए ।
मंसिर १० गते अकस्मात प्रधानमन्त्री ओलीलाई अपेन्डिसाइटिस भएपछि गरिएको शल्यक्रियापछि उनी अस्पतालमा थन्किएका छन् । प्रचण्डले पार्टीको काम देखाउँदै ओली अस्पतालबाट डिस्चार्ज नभएसम्मका लागि भ्रमण स्थगित गर्नुपरेको छ ।