तरुण दलको प्रचार समितिका संयोजकले यसरी दिए मतदातालाई धन्यवाद ! (विज्ञप्तिसहित)

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं – मंसिर १४ गते सम्पन्न उपनिर्वाचनका लागि नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलद्वारा गठित चुनाव प्रचारप्रसार समितिका संयोजक तथा तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले सबै मतदालाई धन्यवाद दिएका छन् ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चापागाईंले लोकतान्त्रिक पद्धतिको विकासका लागि आफ्नो मत दिने सबै मतदातालाई धन्यवाद दिएका हुन् ।

नेपाल लाइफ

उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै संयोजक चापागाईंले पराजित उम्मेदवारलाई रुखको छहारीमा निरन्तर क्रियाशील रहन अपिल गरेका छन् ।

विगतको तुलनामा कांग्रेसको राम्रो जनमत आएको बताउँदै संयोजक चापागाईंले सत्ताको शक्ति प्रयोग गरेर चुनावमा गर्न खोजिएको धाँधलीलाई तरुण कार्यकर्ताले विफल पारिदिएको दाबी गरेका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति –