एक मतले हारेपछि कांग्रेसले गर्यो पुनः मतगणनाको माग

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

धरान– धरान उपमहानगरपालिका ७ मा पुनःमतगणना गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो ।

नेपाल लाइफ

कांग्रेसले पुनः मतगणनाको माग गर्दै निवेदन नै दिएको छ ।

धरान–७ को वडाअध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार जीवन सुवेदी मात्र एक भोटले विजयी भएका थिए ।

उनी ६२२ मतले विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवर्ण पालिखे ६२१ मतमा सीमित भएका थिए।