कांग्रेसकाे यात्रा सुरु भयाे, सुरक्षित अवतरण गराउन नवनिर्वाचित जनप्रतिनधीलाई खतिवडाकाे आग्रह

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं– गत शनिवार भएको उपनिर्वाचनको मतपरिणाम आइसकेको छ । कांग्रेसले ११ वडा, १ प्रदेशसभा र १ उपमहानरमा जितेको छ ।

यही अवस्थामा कांग्रेसका युवा नेता रामहरी खतिवडाले निर्वाचित जनप्रतिनिधीलाई बधाई दिँदै कांग्रेसको यात्रा अवस सुरु हुने बताएका छन् ।

नेपाल लाइफ

उनले कांग्रेसको यात्रालाई सुरक्षित अवतरण गर्ने की दुर्घटनामा लैजाने भन्ने कुरा निर्वाचित जनप्रतिनिधीहरुकै हातमा रहेको बताएका छन् ।

महानायकहरुलाई हार्दिक बधाइ ! यो युगको बिबेकशिल जनताहरुले आज देखि हरेक सेकेन्ड,मिनेट र दिनको तपाईहरुको हिसाब–किताब खोज्छन ।

अवको काङ्ग्रेसको यत्रा शुरु हुन्छ त्यो यत्रालाइ सुरक्षित अवतरण गर्ने कि दुर्घटनामा त्यो सबै तपाईंहरूले गरेको हरेक क्रियाकलापले छर्लङ्ग हुनेछ,’ खतिवडाले फेसबुकमा लेखेका छन्, ‘सम्पुर्ण निर्वाचित वडा, गाउँपालिका, नगरपालिका, उपमहानगर पालिका र प्रदेश माननिया ज्यु लाई हार्दिक बधाइ ।’