कांग्रेसले इतिहास रचेको धरानको अन्तिम मतपरिणाम, कसको कति मत ?

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

धरान– २८ बर्षपछि धरानमा कम्युनिष्टको गढ तोडिएको छ । २०४८ साल देखि तत्कालिन एमाले जित्दै आएको धरान उपमहानगरपालिकामा यसपटक भने नेपाली कांग्रेस विजयी भएको छ। शनिबार भएको उपनिर्वाचनको मत परिणामअनुसार कांग्रेसका उम्मेदवार तिलक राई २६ हजार ७०९ मत ल्याइ विजयी भएका हुन्।

प्रतिद्वन्द्वी सत्तारुढ नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याएका छन्। मतगणानाको सुरुवातदेखि नै लिड गरेको कांग्रेसले यसअघिको कम्युिनस्टको गढ मानिने धरानमा पहिलो पटक जित निकालेको हो।

नेपाल लाइफ