उपनिर्वाचन जित्नेलाई विश्वप्रकाशको सन्देश, परिक्षा चलिरहन्छ, जनताको विश्वास ओइलाउन नदिनु !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं– गत शनिवार भएको उपनिर्वाचनको अन्तिम परिणाम लगभग आइसकेको छ ।

नेपाली कांग्रेसले ११ वडा सहित १ प्रदेशसभा र एक उपमहानर जितेको छ । तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपासँग भिडेको कांग्रेसको जनमत खस्किएको देखिएन ।

नेपाल लाइफ

तर, कांग्रेसले जितेका केही ठाँउ नेकपाले खोसेको छ भने नेकपाले जितेका ठाँउमा कांग्रेस विजयी भएको छ ।

यही अवस्थामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रमा परिक्षा चलिरहने बताउँदै निर्वाचितहरुले जनताको विश्वास ओइलाउन दिन नहुने बताएका छन् ।

‘सबै विजयीलाई एक थुंगा फूल, फूल ओइलाएर जान्छनै जनताको विश्वास ओइलाउन नदिनु !, उनले ट्वीटमा भनेका छन्, ‘लोकतन्त्रमा न जित स्थायी हुन्छ न हार । स्थायी केवल जनता जनार्दन हुन्छ । निर्वाचन सकिनुसंगै चुनावको तनाव शिरबाट ओर्हालेर जनताको सेवामा समर्पित बनौं । परिक्षा निरन्तर चलिरहन्छ…… !’