दाङमा कांग्रेस धेरै अगाडि, यस्तो छ ताजा अपडेट !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, मंसिर १४, २०७६

नेपाटप

काठमाडौं – दाङ जिल्लामा भएको स्थानीय तह उपनिर्वाचनको मतगणनाको ताजा परिणाम अनुसार नेपाली कांग्रेस धेरै अगाडि देखिएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदको ५ सय मतगणना हुँदासम्म नेपाली कांग्रेसका उम्मेदवार धेरै अगाडि देखिएका छन् ।

नेपाल लाइफ

कांग्रेस उम्मेदवारले रुख चिह्नमा २२६ मत ल्याउँदा नेकपाका उम्मेदवारले सूर्य चिह्नमा १६३ मत मात्रै पाएका छन् ।

वडाध्यक्षको निर्वाचनमा कांग्रेस जित्ने लगभग निश्चित रहेको स्थानीय नेताले जनाएका छन् ।