प्रचण्डले थुतुनो सम्हाल्न नसकेपछि नेकपामा विद्रोह, ४६ जना कांग्रेसमा प्रवेश

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा पुगेको जथाभावी बोल्दै थुतुनो सम्हाल्न नसकेको निष्कर्षसहित नेकपाभित्र विद्रोह उत्पन्न भएको छ ।
मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको प्रचारका क्रममा प्रचण्डले जथाभावी बोलेपछि नेकपाका नेता कार्यकर्ता रिसाएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेललाई देवघाट पठाउनुपर्ने अभिव्यक्ति दिएर नेतृत्वको अपमान गरेको भन्दै नेकपाकै कार्यकर्ताले विद्रोहको झण्डा उठाएको देखिएको छ ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अध्यक्ष प्रचण्डको अभिव्यक्ति गलत भएको भन्दै नेकपाका ४६ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका बताएका छन् । निर्वाचनका लागि बुधबार रातिदेखि मौन अवधि सुरू हुँदैछ ।त्यसको केही घण्टाअघि नेकपाभित्र भएको विद्रोहले निर्वाचनको नतिजालाई कांग्रेसको पक्षमा पार्न सघाउने विश्लेषण समेत हुन थालेको छ ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रवक्ता शर्माले प्रचण्डले गरेको अपमानको बदलामा नेकपाका कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेको दाबी गरेका छन् ।
उनले लेखेका छन्, ‘कमरेड प्रचण्डले खेमराज गुरुलाई देवघाट पठाउनोस् भनेर अपमान गरेपछि नेकपाकै सदस्यहरूले उठाए विद्रोहको झण्डा ! अपमानको बदला सम्मान गर्ने संकल्प ! यहि उद्घोष साथ भरत पोखरीको कार्यक्रममा ४ पाका र ४२ युवाले गरे नेपाली कांग्रेसमा प्रवेश ! जय नेपालको न्यानो अभिवादन साथ स्वागत सबैलाई !’
कमरेड प्रचण्डले खेमराज गुरुलाई देवघाट पठाउनोस् भनेर अपमान गरेपछि नेकपाकै सदस्यहरुले उठाए विद्रोहको झण्डा ! अपमानको बदला सम्मान गर्ने संकल्प !
यहि उद्घोष साथ भरत पोखरीको कार्यक्रममा
४ पाका र ४२ युवाले गरे नेपाली कांग्रेसमा प्रवेश l जय नेपालको न्यानो अभिवादन साथ स्वागत सबैलाई ! pic.twitter.com/2yUiK8Rb0a— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 27, 2019
प्रचण्डले उम्मेदवार पौडेललाई बुढेसकालमा देवघाट पठाउनुपर्ने अभिव्यक्ति दिएपछि कांग्रेस वृत्तमा आलोचना भइरहेको छ ।