कांग्रेस प्रवेश गरेको भन्दै प्रचण्डकै अघि कुटपिट, परियार गम्भिर घाइते

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर १०, २०७६

नेपाटप

काठमाडौं– नेकपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेको भन्दै चितवनमा कुटपिट भएको छ । चितवनको खैरेनी नगरपालिका–४ चैनपुरमा हालै कांग्रेस प्रवेश गरेका टेकबहादुर परियार माथि नेकपा कार्यकर्ताले कुटपिट गरेका हुन् । प्रचण्ड चितवनमै रहेका बेला उनी माथि कुटपिट भएको हो ।

टेक बहादुरमाथि घरमै कुटपिट भएको हो। नेकपा परित्याग गरि आएका परियारलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंसिर ६ गते स्वागत गरेका थिए।

नेपाल लाइफ

नेकपाको स्थानिय नेता दिपक मगरको नेतृत्वमा आएकाहरुले आफूमाथि सोमवार राती ९ वजेतिर आक्रमण भएको बताए। चुनावको बेलामा नेकपा परित्याग गर कांग्रेस प्रवेश गर्ने भन्दै दिपकको नेतृत्वमा आएको एक हुलले आफमाथि परिवारकै अगाडी आक्रमण गरिएको परियारले बताए। उनले आक्रमणकारीको पार्टी नेकपालाई चुनावमा हराएर जवाफ दिन सबै स्थानियहरुलाई आग्रह गरेका छन्।

चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उपचाररत परियारको टाउकोमा गम्भिर चोट लागेको छ। परियारको टाउकोमा ७ टाँका लगाइएको तथा शरिरभरि लौरोले हानेको नीलडाम रहेको चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले जानकारी दिए।