मध्यरातमा ओलीले प्रचण्डलाई दिए ठूलो झट्का, खुमलटारमा खैलाबैला (भिडियाे)

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर १०, २०७६

नेपाटप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा भित्र आफु सिनियर अध्यक्ष भएको बताएका छन् । कान्तिपुर टिभीको कार्यक्रम फायर साइड उनले दिएको अन्तरवार्तामा उनले प्रचण्ड मात्रै कार्यकारी अध्यक्ष नभएर आफु पनि कार्यकारी अध्यक्ष भएको बताए ।

मन्त्रीपरिषद् पुर्नगठन गर्ने बेलामा ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने र आफु पाँच बर्ष प्रधानमन्त्री हुने सहमति गरेका थिए । तर, उनले अहिले भने पार्टीको सिनियर अध्यक्ष आफु भएकाले आफुले नै बैठकको अध्यक्षता गर्ने बताए । ‘म पनि कार्यकारी अध्यक्ष हो । म पहिलो मर्यादामा छु, प्रचण्डजी म पछि हो । दुई अध्यक्ष भए पनि सिनियर–जुनियर हुन्छ, म सिनियर हो,’ उनले भनेका छन्, ‘म प्रथम र उहाँ दोस्रो अध्यक्ष हो ।’ उनले म सरकार सञ्चालनमा व्यस्त हुनुपरेकाले उहाँलाई पार्टीको काममा केन्द्रित हुनुस भनेको बताए ।

नेपाल लाइफ

‘हामीबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति बनेको थियो । तर, बीचमा बीचमा प्रधानमन्त्री फेर्दा अस्थिरता देखिने भो । मैले आधा समय उहाँलाई प्रधानमन्त्री छोड्न तयार थिए,’ उनले भनेका छन्, ‘अहिले स्थायित्व मुख्य कुरा हो । त्यसैले प्रधानमन्त्रीको काममा केन्द्रित हुन्छु, तपाई पार्टीको काममा केन्द्रीत हुनुस् भनेको हो । पार्टीको काम उहाँले म सँग सोधेर गर्ने हो ।’

उनले आफु नै सिनियर भएकाले प्रचण्डको बढुवा नभएको होइन बताए । ‘यसअघि मैले मात्र बैठकको अध्यक्षता गर्नेमा उहाँले पनि गर्न सक्नुहुन्छ । कसैलाई रिस उठ्यो भने आधा समय भनेर कराउँथे त्यो सकियो,’ उनले भने । ओलीले प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बिना मगरको निरन्तरका विषयमा भने मुख खोलेनन् । ‘त्यो (बिना मगरको निरन्तरता) जसलाई सोध्नुपर्ने हो, उसैलाई सोध्नु,’ उनले भने । प्रचण्ड र आफुले राष्ट्रपतिलाई देशको अवस्थाबारे बिफ्रिङ मात्र गरेको तर, कुनै केही सहमतिमा साक्षी नराखेको बताए।