युद्धको कुरा गर्दै डा. बाबुराम भट्टराई गरे केपी ओलीलाई गम्भीर प्रश्न !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर ३, २०७६

नेपाटप

काठमाडौं – सत्तारुढ समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अतिक्रमित कालापानीबाट भारतीय सेना हटाउन कुशल कुटनीति वा युद्धबाट मात्रै सम्भव भएको दाबी गरेका छन् ।

सोमवार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले भारतसँग युद्धको कुरा निकालेका छन् ।

नेपाल लाइफ

पछिल्ला दिन प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको पारो ह्वात्तै बढेको दाबी गर्दै भट्टराईले कालापानीबाट भारतीय फौज हटाउन रोजेको बाटो कुशल कुटनीतिको बाटो हो कि बल प्रयोगको बाटो हो भनेर स्पष्ट नभएको आरोप लगाएका छन् ।

अध्यक्ष भट्टराईले भनेका छन्, ‘सीमा र फौज तैनाथी सम्बन्धी विवादको प्रश्न इतिहासमा सधैं र सबैतिर कि त शान्त र कुशल कुटनीतिको तरिकाले कि त युद्ध र बल प्रयोगको तरिकाले हल हुने गरेको छ । अर्को तेस्रो बाटो छँदै छैन ।’

भारतसँग सीमा विवाद देखिएका बेला कम्युनिस्ट सरकारले कूटनीतिबाट समस्या समाधान गर्ने बताइरहेको छ भने सर्वसाधारणले सडकमा प्रदर्शन गरिरहेका छन् ।