धरानमा कांग्रेस प्रतिको जनलहर देखेर कम्युनिष्ट आत्तियो : कोइराला

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर २, २०७६

नेपाटप

धरान- प्रदेश नं १ का प्रमुख प्रतिपक्षि दलका नेता समेत रहेका नेपाली कांग्रेस सुनसरीका सभापति राजिब कोइरलाले धरानमा कांग्रेस प्रतिको जन लहर देखेर धरानका कम्युनिष्ट नेताहरु मात्र हैन केन्द्रका नेता समेत आत्तिएको बताएका छन ।

उनले गरिब, सुकुम्बासी , मजदुरको पाटी भनेर कम्युनिष्टहरुले धेरै राज गरेको भन्दै अव यसपालीको चुनाबको परिणामले कम्युनिष्टलाई धराने सोझा जनताले नङ्ग्याइ दिने दाबि गरे ।

नेपाल लाइफ

उनले देशभर कम्युनिष्ट सरकार प्रतिको बितिष्णा धराने जनताले तिलकको पक्षमा उभिएर कम्युनिष्टलाई सजाय दिई रहेका छन ।

आइतबार बिहान धरान ११ मङलवारेमा नेपाली कांग्रेसमा उमेद्वार तिलक राईकालागि मत माग्न आएका कोइरालाले सम्बोधनका क्रममा सो कुरा बताएका हुन ।

धराने जनताले तिलक जस्तो कर्मठ योग्य मेयर धरानले पाउनु धरानकालागि भाग्यको कुरा रहेको उनले बताए । कोइरालाले भने धरानमा बिगतका चुनाबमा पनि आफु आउने गरेको स्मरण गर्दै तर यसपालीको जस्तै साथ समर्थन र जनलहर यसभन्दा अगाडि कहिले नभएको बताए ।

धराने जनता परिवर्तनको पक्षमा रहेकाले यस पटकको चुनावमा कम्युनिष्टको गफ नचल्ने र धरानको बिकास र निकासकालागि नेपाली कांग्रेसमा उमेद्वार तिलक राईको जित आवश्यक र यो कुरा निश्चित पनि रहेको उनले दाबि गरे ।

धरानको सुकुम्बासी बस्ति देखि मुख्य बजार तथा चोक चोकमा तिलक राईले जित्ने दाबि समेत धरानबासीले गर्न थालेका छन ।

धरानको भावी मेयरमा नेपाली काँग्रेसका उम्मेद्वार तिलक राई विजयी हुने चर्चा धरानमा मात्र हैन देशभर नै चल्न थालेको कोइरलाले बताए ।