बाम गठबन्धनबीच भयानाक ग्याङफाइट, ठूलै नेता गम्भिर घाइते

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, कार्तिक २५, २०७६

नेपाटप

काठमाडौं– बाग्लुङमा बाम गठबन्धनका नेताबीच हात हालाहाल भएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा बसेको नेकपा र जनमोर्चाको संयुक्त चुनाबी बैठकमा हातहालाहाल भएको हो ।

बैठकमा भाग लिन गएका नेकपाका जिल्ला सदस्य चन्द्र अर्याल ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीकी श्रीमतिको आक्रमणमा परी घाइते भएका छन् ।

नेपाल लाइफ

ढोरपाटन नगरपालिकाका मेयर नेपालीको होटल दरबारमा सोमबार आयोजित कार्यक्रममा भाग लिन जाँदा मेयर पत्नी छेला नेपाली (तिब्बती) ले अर्यालमाथि आक्रमण गरेको बताइएको छ ।

होटल दरबारमा आयोजित चुनाबी बैठकमा नेकपाका बाग्लुङ पार्टी इन्चार्ज बलाबती शर्मा, बाग्लुङ अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञामानाथ गैरे, जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, नेकपा मसालका सेक्रेटरी गौरीश्वर पाण्डेसहित सहभागी थिए।

नेकपा जिल्ला सदस्य अर्यालले प्रदेश सभा सचिब गोबिन्द नेपालीसहित अमर थापा, गौरीश्वर पाण्डे र नेकपा ढोरपाटन नगरपालिकाका सचिब भीम गौतमले पटक पटक बोलाएपछि आफू बैठकमा सहभागी हुन गएको बताए।

तर संयुक्त बैठकमा जाँदा मेयर पत्नीले ‘तँलाई माथि जाने आदेश छैन’ भन्दै अपशब्द बोलेर हातपात गरी गेटबाटै बाहिर निकालिदिएकी थिइन्। ‘मेयर सापले चन्द्र अर्याललाई माथि जाने आदेश छैन भन्दै मेयर पत्नी छेलाले गेटबाटै बाहिर निकालिदिएको’ प्रत्यक्षदर्शी सीता कँडेलले बताइन्।

यस सम्बन्धमा अर्यालसंग सम्पर्क गर्दा उनले आफूलाई मेयर पत्नीले आक्रमण गरेको बताए। उनले मेयर पत्नीले अपशब्द बोल्दै हातपात गरेको उनले स्वीकारे। अर्याल बाग्लुङमा प्रभाबशाली नेता मानिन्छन्।

ढोरपाटन नगरपालिकाका प्रमुख नेपाली र नेकपा प्रदेश सचिव एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोबिन्द नेपालीले अपहरणको शैलीमा शेरमान घर्ती मगरलाई आइतबार हेलिकोप्टरमा राखेर उम्मेद्वारी फिर्ता गर्न दबाब दिएका थिए।