कांग्रेस नेताको भाइटीका : क–कसले मनाए, को कहाँ रमाए ? [ तस्बिरसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, कार्तिक १३, २०७६

नेपाटप

काठमाडौँ-

– रामचन्द्र पौडेल

नेपाल लाइफ

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तिहारको भाइटीका चितवन नबभच लगाएका छन् ।

नेता पौडेलले चितवन जिल्लाको माधवपुरमा मंगलबार आफ्ना दिदी र बहिनीहरूको हातबाट तिहारको टीका लगाएको आफन्तजनले बताएका छन् ।

तिहारको टीका लगाउने वरिष्ठ नेता पौडेलका सबै दाजुभाई त था दिदीबहिनीहरू माधवपुरमा जम्मा भएका थिए ।

उनीहरूले हर्सोउल्लासका साथ टीका लगाएर तिहार मनाएका छन् ।

 – गगन थापा

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले सिंगापुरमा तिहारको टीका लगाएका छन् ।

सिंगापुरमा बस्दै आएकी निर्मला नकर्मी चानको हातबाट थापाले मंगलबार तिहारको टीका लगाएका हुन् ।

‘कस्तो सुखद् संयोग । अध्ययनको लागि सिंगापुरमा आउँदा पनि भाइटीका छुटेन’, थापाले फेसबुकमा टीका लगाउँदै गरेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चानसंग भाइटीका लगाइयो ।’

‘३० वर्षदेखि भाइटीका लगाइरहेकी बहिनीसँग आज भने सिंगापुरे तरिकामा भाइटीका’, उनले लेखेका छन् ।

 –  सुजाता कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्ना तीन दाजुभाईहरूलाई तिहारको टीका लगाइदिएकी छिन् ।

काठमाडौंको मण्डिखाटारस्थिट आफ्नै निवासमा मंगलबार सुजाताले टीका लगाइदिएकी हुन् ।

तिहारको टीका लगाउन प्रकाश कोइराला, डा.शेखर कोइराला र डा.शशांक कोइराला सुजाताको निवासमा पुगेका थिए ।

सुजातासँग टीका लगाइसकेपछि प्रकाश, डा.शेखर र डा.शशांक कोइरालाले पनि उनलाई टीका लगाइदिएका थिए ।

 –  डा.आरजु राणा देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाले तिहारको टीका लगाइदिएकी छिन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा मंगलबार डा.राणाले दाजुभाईहरूलाई टीका लगाइदिएकी हुन् ।

टीका लगाउन भुषण राणा र उनका दाजु बुढानिलकण्ठमा पुगेका थिए ।

डा.राणाले आफ्ना दाजुभाईलाई टीका लगाइदिएपछि तिहारको मसला र खानेकुरा दिएकी थिइन् ।

उनका दाजुभाईहरूले पनि आफ्नो गच्छेअनुसारको उपहार डा.राणालाई दिएको जनाइएको छ ।

–  रामहरि खतिवडा

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बहिनी कोपिला भट्टराईको हातबाट तिहारको भाइटीका लगाएका छन् ।

काठमाडौंको डिल्लीबजारस्थित आफ्नै निवासमा खतिवडाले टीका लगाएका हुन् । भाइटीका लगाउने खतिवडाका अन्य दाई र भाईहरू जम्मा भएका थिए ।

खतिवडाले परिवारसहित तिहार मनाएका छन् । उनले तिहारको उपलक्ष्यमा सबैलाई शुभकामना एवम् बधाइ पनि दिएका छन् ।

–  उत्तम चापागाइँ

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले आफ्नी दिदी दीव्या गुरागाइँको हातबाट भाइटीका लगाएका छन् ।

मंगलबार शुभसाइतभित्र गुरागाइँको हातबाट भाइटीका लगाएका हुन् । उनले दिदी दीव्यालाई पनि टीका लगाइदिएका थिए ।

उपाध्यक्ष चापागाइँले तिहारको उपलक्ष्यमा सबै दाजुभाई तथा दिदीबहिनीहरू शुभकामना समेत दिएका छन् ।