राईले राष्ट्रपति कार्यालयमै नेतृको सम्वेदनशील अंग समाएपछि…[ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, कार्तिक १३, २०७६

नेपाटप

काठमाडौं – हाल प्रदेश १ का मुख्यमन्त्री समेत रहेका एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नै पार्टीकी एक नेतृका सम्वेदनशील अंगमा समाएर (छोए) यौ*न हिं*सा गरेको आरोप लगाएकी छिन् ।

मुख्यमन्त्री राईलाई उनकै पार्टीकी एकजना चर्चित नेतृले यौ*न हिं*साको आरोप लगाएकी हुन् । तत्कालीन एमालेको युवा संघ नेपालकी पूर्व केन्द्रीय सदस्य बालिका खड्काले राईलाई यौ*न हिं*साको आरोप लगाएकी छिन् ।

नेपाल लाइफ

बालिका खड्काको आरोपले तरंग उत्पन्न भएको छ । शेरधन राईले बालिका खड्कालाई प्रहरी बोलाएर थुनाएको समेत रहस्य बाहिर आएको छ ।

‘नेपाल आज’ नामक युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा बालिका खड्काले मुख्यमन्त्री राईले आफूलाई यौ*न हिं*सा गरेको बताइन् । उनी प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयको अधिकृत भएर काम समेत गरेको बताएकी छिन् ।

बालिका खड्काले राईले आफूलाई गरेको यौ*न हिं*साबारे उजुरी दिएको बताएकी छिन् । उजुरी गर्दा आफूलाई प्रधानमन्त्री ओलीको सचिवालयबाट जागिरबाट हटाएको बालिका खड्काले बताएकी छिन् । त्यसपछि आफूलाई युवासंघको केन्द्रीय सदस्य पदबाटै हटाएको पनि उनले बताएकी छिन् ।

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको उनले दाबी गरेकी छिन् । मुख्यमन्त्री राईले यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।

‘राईले व्यवहारमा आफूलाई प्रेमिका वा श्रीमती जस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन सकेको छैन’, बालिका खड्काले भनेकी छिन् । राईले आफूलाई सांकेतिक मेसेज पठाउन थालेको उनले बताइन् ।

राईविरूद्ध निवेदन दिएपछि प्रधानमन्त्री ओलीले पनि एकहोरो आफूलाई मात्र गाली गरेको बालिका खड्काले बताएकी छिन् ।

न्यायको लागि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलाई पनि भेटेर जानकारी गराएको उनले बताएकी छिन् । तर, पार्टीका शीर्ष नेताहरूले अध्यक्षले नै मिलाउने भनेर पन्छिएका थिए । शीर्ष नेताहरूले राई र बालिका खड्का दुबै घटना हुनुमा जिम्मेवार रहेको बताएको बालिकाले बताएकी छिन् ।

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि महिला पत्रकारमाथि यौ*न हिं*सा गरेको आरोप लागेको थियो । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेको अभियोगमा बर्खास्त गरिसकिएको छ ।