भर्खरै ओली–प्रचण्डले गरे माधव नेपालको घटुवा, नेकपामा भयंकर बबन्डर !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ १, २०७६

नेपाटप

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालको घटुवा भएको छ ।

भर्खरै सम्पन्न नेकपा सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो नम्बरमा रहेका नेपाललाई घटुवा गर्दै झलनाथ खनाललाई पहिलो नम्बरमा राखेको छ ।

नेपाल लाइफ

भर्खरै सचिवालय बैठक सकिएपछि पत्रकारलाई निर्णय सुनाउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले झलनाथ खनाललाई पहिलो वरियतामा राखिएको बताए ।

माधव नेपालले आफ्नो घटुवा नगर्न चेतावनी दिँदादिँदै घटुवा गरिएकाले नेकपाभित्र बबन्डर मच्चिएको छ ।

खासगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झलनाथ खनालसँग मिलेर नेपालको घटुवा गराएका हुन् ।

नेता खनाल पहिलो नम्बरमा आएर वरिष्ठ नेता बनेका छन् । उनले पार्टी एकीकरण भएदेखि नै आफू वरिष्ठ नेताको पहिलो वरियतामा हुनुपर्ने माग गर्दै आएका थिए ।