प्रचण्डले नै गरे ‘आफू अर्धपागल भएको’ खुलासा

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, साउन २४, २०७६

नेपाटप

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अर्धपागल भएको बताएका छन् ।

उनले आफू अर्धपालग भएर नै विद्रोहमा लागेको बताए । शुक्रबार राजधानीमा शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले अर्धपागल हुनु नै विद्रोहमा लाग्नुको कारण भएको खुलासा गरे ।

नेपाल लाइफ

सामाजिक विकृति र विसंगति सहन नसकेर विद्रोहमा गएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘म झण्डै–झण्डै अर्धपागल भएर विद्रोहमा गएको हुँ, सबै बेथिति र विसंगति सहन नसकेपछि विद्रोहमा लागेको हुँ ।’

उनले आफू विद्रोहको नेतृत्व गरेपनि हिंसात्मक गतिविधिमा सहभागी नभएको स्पष्ट पारे । ‘म त्यस्तो विद्रोही नेता हुँ, जसलाई कसैलाई एक लपेटो हानेको पनि छैन र कसैको एक लपेटो खाएको पनि छैन । मेरो नेतृत्वमा यत्रो युद्ध भयो, हजारौंले बलिदान दिए । तर त्यसको कमाण्डर म जसको हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष सहभागिता छैन ।’

प्रचण्डले बोल्दै गर्दा आफूले नै नेतृत्व गरेको द्वन्द्वमा १७ हजार नेपालीले ज्यान गुमाएको चटक्कै बिर्सिए । प्रचण्डले आफू अर्धपागल भएको त्यसै भनेका होइनन् जस्तो ।