बिना मगरलाई प्रधानमन्त्रीले दिए सबै भन्दा कम नम्बर, खुमलटारमा खैलाबैला

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, असार ३०, २०७६

नेपाटप

काठमाडौँ – वार्षिक प्रगतिका आधारमा खानेपानी तथा सरसफाई मन्त्रालय सबैभन्दा कमजोर देखिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगतिका आधारमा बिना मगरले सम्हालेको खानेपानी तथा सरसफाई मन्त्रालय सबैभन्दा कमजोर ठहर भएको हो ।
बिना सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि हुन् । मन्त्री भएपछि बिनाले मेलम्चीको पानी केही महिना भित्रै काठमाडौँ ल्याउने सार्वजनिक दाबी गरेकी थिइन् । तर अहिलेसम्म मेलम्चीको पानी काठमाडौँ आएको छैन ।

नेपाल लाइफ

खानेपानी मन्त्रालयले गत वर्षको दसैँमा नै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भनेको थियो । तर, उल्टै कमिसनमा कुरा नमिल्दा इटालियन ठेकेदार कम्पनीसीएमसीलाई भगाइएको छ । सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले कमसिन नपाएको झोकमा भुक्तानी रोकेर ठेकेदार कम्पनी भगाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सफ्टबेयरमार्फत सबै मन्त्रीलाई उनीहरुको कार्यसम्पादनका आधारमा नम्बर दिएको हो । जसमा खानेपानी मन्त्रालयले जम्मा ३९ नम्बर मात्रै पाएको छ ।

मन्त्रालयले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रतिबद्धता गरेको १ सय २२ योजनामध्ये जम्मा ४७ वटा मात्रै काम सम्पन्न भएको छ ।

२८ वटाको कामै सुरु भएका छैनन् । मन्त्रालयगत वार्षिक प्रगतिका आधारमा सबैभन्दा धेरै नम्बर परराष्ट्र मन्त्रालयले पाएको छ ।