नवीन्द्रराजलाई प्रकाशमानले हराए, माधव मालामाल

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

नेपाटप

काठमाडौं – प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै गुटका नेता नवीन्द्रराज जोशीलाई काठमाडौंबाट हराउन भूमिका खेलेको भनेर सानेपास्थित पार्टी मुख्यालयमा गाइगुइँ कुराहरू आएका छन् । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन जितिसकेका जोशीले कसरी पराजय भोग्नु पर्यो भनेर चर्चा हुन थालेको छ ।

काठमाडौं क्षेत्र नं. ६ का नेकपा (एमाले)का जीवनराम श्रेष्ठलाई जिताए वापत सिंहले तत्कालीन एमालेबाट बधाइ समेत पाइसकेका छन् क्षेत्र नं. ६ मा रहेका गुठीको भोट काठमाडौं क्षेत्र नं. ६ र काठमाडौं क्षेत्र नं. १ को एमाले निकटको गुठीको भोट क्षेत्र नं. १ का माधवकुमार नेपाललाई दिइएको चर्चा छ ।

नेपाल लाइफ

काठमाडौं क्षेत्र नं. १ बाट तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका थिए । नेता नेपाललाई जिताउन प्रकाशमान सिंह नेतृत्वको गुटले भूमिका खेलेको चर्चा छ ।

नेता जोशी आफूलाई हराउन प्रकाशमान सिंह नै लागेको बुझाइ छ । स्रोतले भन्यो, ‘उहाँहरूले राम्रा काम गर्नुभएको छ । मलाई हराएको भएपनि ठीकै छ । माका मिल्यौ भने हिसाव कतिाव हुनेछ ।’

गुठीको भोट साटियो भनेर प्रकाशमान सिंह, नवीन्द्रराज जोशीलगायतका नेताहरूलाई संरक्षण गर्नुपर्ने बताइएको छ । आफ्नै गुटका नेता जोशीलाई हराउन ठूलो भूमिका खेलेका प्रकाशमान सिंहका भावी दिनहरूमा कठिन रहेका छन् ।

समर्थकभन्दा धेरै दुश्मन कमाइ गरेका प्रकाशमान सिंहले नेपाली काठमाडौं जिल्ला कार्यसमितिमा आफू निकटका नेताहरूलाई मात्रै अवसर दिएका छन् । गुट बलियो बनाउन खोज्दा प्रकाशमान सिंह अबको निर्वाचनमा चिप्लिने हुन् कि भनेर चर्चा हुन थालेको छ ।