रातो कार्पेट प्रकरणमा ओलीले भने : ‘धन्य छ मिसन पत्रकारिता’

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

नेपाटप

काठमाण्डौ- प्रधानमन्त्री खड्ग प्रसाद ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन् ।

बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको थियो । त्यो तस्वीर सञ्चार माध्यमहरूमा भाइरल भएपछी समाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएको थियो ।

नेपाल लाइफ

ओलीले भने त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठूला समाचार त्यही बन्यो । यो मिसनअन्तरगत भइरहेको कुरा हो ।’

‘भ्रम फिजाउने काम भइरहेको छ । भ्रममा रमाउनेहरू रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ’, उनले अघि भनेका छन् ।

उनले अर्को समाचारलाई लिएर पनि असन्तुष्टि जनाए । ‘कालोपत्र नगरिएको बाटो हिलो भएछ, ठूलो फोटोसहित छापिएको छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘मेरो कमजोरी नै हो १ एक वर्ष प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालो पत्र गर्न भ्याइनँछु ।’ उनले थपे, ‘धन्य छ मिसन पत्रकारिता ।’