संसदमा देखियो पहिलो पल्ट यस्तो दृश्य, कांग्रेसले पायो साथ्

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार २४, २०७६

नेपाटप

काठमाडौं – नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सर्लाही जिल्लामा भएको प्रहरी इन्काउन्टर र धर्ना बसेका व्यक्तिको हत्या भएको विषयमा संसदको बैठक अवरुद्ध गेका छन् ।

मंगलबार बसेको संसदको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र राजपा नेपालका सांसद राजकिशोर यादवले शुरूमै समय लिएर बोल्दै कुमार पौडेलको फेक प्रहरी इन्काउन्टरमा हत्या भएको बताए ।

नेपाल लाइफ

बालुवा, रोडा, ढुंगाका माफियाहरूले खोलामा उत्खनन् गरेर बनाएको पोखरीमा डुबेर बालकको मृत्यु भएपछि धर्ना बसेकाहरूमाथि गोली प्रहार गरेर सरोजनारायण यादवलाई प्रहरीले गोली हानी हत्या गरेको भन्दै सदन अवरुद्ध गरेका हुन् ।

नेपाली कांग्रेस र राजपा नेपालले सर्लाही जिल्लामा भएको फेक प्रहरी इन्काउन्टर र हत्याको विषयमा संसदीय छानविन समिति बनाउन माग गर्दै सदन अबरोध गरेका हुन् ।

गृहमन्त्री रामबहादुर थापाले संसदले दिने निर्णय र निर्देशनलाई सरकारले मान्ने बताएका थिए । त्यसपछि नेपाली कांग्रेस र राजपाका सांसदहरूले मंगलबारकै बैठकबाट संसदीय छानविन समिति बनाउन माग गरे ।

सभामुख कृष्णबहादुर महराले आवश्यक परामर्श गरेर संसदीय छानविन समिति बनाउने भनेपछि नारावाजी गर्दै नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरू ह्वेल घेराउ गर्न पुगेका थिए ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले संसद अबरोध गरिरहेका बेला नेकपाका सांसद खगराज अधिकारीले संसदीय मर्यादा र नियमावली विपरित सदनमा गतिविधि भएको भन्दै आपत्ति जनाएका थिए ।

संसदमा नेपाली कांग्रेस र राजपा नेपालले अबरोध गरेपछि सभामुख महराले पन्ध्र मिनटका लागि सदनको बैठक रोकेका छन् ।

संसदमा नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले सर्लाहीको घटनालाई लिएर आक्रामक रुपमा गृहमन्त्री थापासँग जवाफ माग गरेका थिए । गृहमन्त्री थापाले जवाफ दिए पनि नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूको चित्त बुझेन । चित्त नबुझेपछि सदन अबरोध भएको हो ।

नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरूले गृहमन्त्री थापाले सदनलाई झुठ बोलेको भनेर आक्रोश समेत व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसले यसअघि एक्लै सदन अवरोध गर्दै आएको थियो । मंगलबार भने राजपा नेपालले पनि साथ दिएको छ । दुबै विपक्षी दल मिलेर पहिलो पटक यसरी सदन अबरोध गरेका हुन् ।