चर्चित नायिका सुरविना कार्कीको बोल्ड तस्बिरले सामाजिक सन्जालमा हङ्गामा [ तस्बिरहरु ]

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, असार २५, २०७६

नेपाटप

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेकी नायिका सुरविना कार्की फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय भएकी छिन् ।अब उनलाई नेपाली दर्शकले फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाउनेछन् । फिल्ममा सुरविनाको शीर्ष भूमिका रहने बताइएको छ ।

फिल्मका भन्दा पनि सुरविना अहिले भने आफ्नै सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि ब्यापक चर्चामा रहेकी छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्कने गरेकी छिन् ।

नेपाल लाइफ

आफ्नु करिअरको खोजीमा मुम्बईमा रहेकी सुरविनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन् । तर, ती फिल्मले भन्दा उनलाई आफ्नो बोल्डनेसले धेरै दर्शकमाझ चिनएको छ । सुरविनाले ‘छप्पन छप्पन २’ मा कस्तो अभिनय गर्ने हो, त्यो भने हेर्न बाँकी रहेको छ ।