Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

चिनियाँ सामग्री खरिद घोटालाको भित्रि रहस्य : जसले घुस्याहा मन्त्रीलाई ‘साइज’मा राख्थे !

चिनियाँ सामग्री खरिद घोटालाको भित्रि रहस्य : जसले घुस्याहा मन्त्रीलाई ‘साइज’मा राख्थे !

  • मिडिया डबली

  • आइतवार, चैत्र २३ २०७६


  • काठमाडौं – ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन । उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ,’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि) । कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे । सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महंगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । त्यसमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिसँगको खरिद सम्झौता खारेज गर्‍यो । संकटका बेला त्यति ठूलो रकमको स्वास्थ्य सामग्री ल्याउने हिम्मत सिंह एक्लैले भने गरेका थिएनन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको योजनामा सिंहले स्वास्थ्य सामग्री ल्याउने अवसर पाएका थिए । उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार रिमालसँग सिंहलाई निकट बनाउने काम झापाका युवराज शर्माले गरे । शर्मा शैक्षिक व्यापारी हुन् । उनले लामो समयदेखि काठमाडांैमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन् । त्यसबाट उँभो नलाग्ने देखेपछि शर्माले आपूmलाई प्रधानमन्त्रीनिकट भएको देखाएर बिचौलियाका रूपमा काम गर्न थाले । उनकै कनेक्सनले चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम ओम्नीले पाएको स्रोतले बताएको छ । ओम्नीले ठेक्कापट्टाको काम गर्दै आएको थियो । उक्त कम्पनीले स्वास्थ्य सामग्रीसम्बन्धी बिचौलियाको काम भने कहिल्यै गरेको थिएन । त्यही भएर सिंह लगायतको टोलीले स्वास्थ्य सामग्रीको ठेक्कापट्टा गर्दै आएका व्यापारी विशाल पण्डितको सहयोग लिए । पण्डित र केही चिकित्सक बसेर सूची बनाए । त्यही आधारमा ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्यायो । खरिद प्रक्रियाबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । सामान्य आर्थिक अवस्थामा रहेका सिंहले सरकारी ठेक्कापट्टाबाटै आफ्नो आर्थिक हैसियत बदले । सरकारी ठेक्कापट्टाबाटै सिंहले केही सरकारी कर्मचारीको आर्थिक हैसियतसमेत बदलिदिएको उनी निकटवर्ती बताउँछन् । प्रत्येक दलका प्रभावशाली नेता र उपल्लो तहका सरकारी कर्मचारीसँग सिंहको बलियो सम्बन्ध छ । उनी शक्तिशाली नेता र सरकारी कर्मचारीलाई मुठ्ठीमा राख्नुपर्छ भन्ने मान्यता राख्छन् । नेता र कर्मचारीलाई मुठ्ठीमा राख्ने उनको उपाय भनेको आर्थिक सहयोग नै हो भन्छन् सिंहलाई चिन्नेहरू । मुख्यसचिव लोकदर्शन रेग्मीसँग सिंह असाध्यै निकट छन् । गृहसचिव रहँदा रेग्मी र सिंहको सम्बन्ध बाक्लिएको स्रोतले बताएको छ । रेग्मीले आफू गृहसचिव रहँदा गृह मन्त्रालय र मातहतका कार्यालयको सूचना–प्रविधिबारे हुने कतिपय छलफलमा सिंहलाई बोलाउने गरेका थिए । तत्कालीन गृहसचिव रेग्मीले सिंहलाई काम दिन मन्त्रालयका सहसचिवहरूलाई दबाब दिने गरेको गृहका एक अधिकारी बताउँछन् । तत्कालीन गृहसचिव रेग्मीले अध्यागमन विभागको स्तरोन्नतिसम्बन्धी छलफलमा पनि सिंहलाई राखेको गृह स्रोतले बताएको छ । गृहबाट बाक्लिएको सम्बन्धका कारण मुख्यसचिव रेग्मीले अहिले सिंहका काममा बाधा पुर्‍याउँदैनन् । पृष्ठभूमिमा बसेर मुख्यसचिव रेग्मीले सिंहका कतिपय कामलाई सहजीकरण गरिरहेको स्रोतले बतायो । मुख्यसचिव रेग्मीसँग आफ्नो राम्रो उठबस भएको भन्दै सिंहले निकटवर्तीसँग धक्कु लगाउने गर्छन् । कतिपय सरकारी अड्डामा सिंहले मुख्यसचिव रेग्मीको नाम लिएर कर्मचारी तर्साउने गरेका छन् । निर्वाचन आयोगको काम गर्दा सिंहले निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलमार्फत काम गराएको स्रोतले जानकारी दिएको छ । तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मासँग पनि सिंहको बलियो सम्बन्ध थियो । उनले २०७४ सालको निर्वाचनमा ओम्नीमार्फत निर्वाचन आयोगलाई आवश्यक सामग्री उपलब्ध गराएका थिए । कार्यकक्षमा जति चिप्लो घसे पनि बाहिर निस्किएपछि उनी नेता र सरकारी कर्मचारीलाई तल्लो स्तरबाट गाली गर्छन् । आफ्नो काम भए तिनै नेता र कर्मचारीको गुणगान गाउने सिंहले काम नभए नेता र कर्मचारीलाई ‘घुस्याहा’को संज्ञा दिने गरेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी ओलीसँग पारिवारिक साइनो लगाएर सम्बन्ध बाक्लो बनाएका शैक्षिक व्यापारी युवराज शर्मा ओम्नीसँग जोडिन पुगे । शर्माकै बलमा सिंहले चीनबाट स्वास्थ्य सामग्री ल्याउने हिम्मत गरे । ललितपुरको सानेपामा बस्ने एक व्यक्तिले शर्मालाई ओम्नीका अध्यक्ष सिंहसँग चिनजान गराइदिए । सिंहसँग चिनजान गराउने व्यक्ति शर्माका नातेदार रहेको पाइएको छ । त्यही साइनोका कारण शर्मा ओम्नीका अध्यक्ष सिंहसँग नजिकिए । ओम्नीको कागजपत्रमा शर्माको नाम कतै देखिँदैन । स्रोत भन्छ, ‘शर्माले काम मिलाइदिए बापतको कमिसन लिने हो । शर्मा बिचौलियाको काम गर्छन् ।’ प्रधानमन्त्री ओलीसँगको बाक्लो सम्बन्ध देखाई शर्माले प्रधानमन्त्री सचिवालयका व्यक्तिलाई पनि प्रभावमा पारे । उनले उपप्रधानमन्त्री पोखरेललाई पनि प्रभावमा पारी ओम्नीलाई चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम मिलाइदिए । शर्मा यस्तो पात्र देखिए, जसले उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, प्रधानमन्त्री सचिवालयका अधिकारीलाई प्रभावमा पार्न सफल भए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ । उनले प्रधानमन्त्रीलाई देखाउँदै व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारी संयन्त्रलाई कमिसनको लोभ देखाएर घुमाइदिए । तत्काल ल्याउनुपर्ने भएर होइन, बडो सावधानीसाथ पूर्वयोजना अनुसार उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र प्रधानमन्त्रीका सचिवालयका केही सदस्यको मिलेमतोमा ओम्नीलाई चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने अख्तियार दिइएको थियो । शर्माकै पहलमा चीनबाट १ हजार थान नमुना किट ल्याएर उपप्रधान एवं रक्षामन्त्री पोखरेलमाथि कोरोना भाइरसको परीक्षण गरिएको स्रोतले बताएको छ ।

    आइतवार, चैत्र २३ २०७६०७:०४:४८
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology