Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

योगेश भट्टराई मातहतको कम्पनीको अर्काे कमिशन काण्ड, वाइडबडी उडानमा चलखेलको खुलासा

योगेश भट्टराई मातहतको कम्पनीको अर्काे कमिशन काण्ड, वाइडबडी उडानमा चलखेलको खुलासा

  • मिडिया डबली

  • बिहिवार, चैत्र २० २०७६


  • काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत सरकारी अधिकारीले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको काण्ड सेलाउन नपाउँदै अर्का मन्त्री योगेश भट्टराई मातहतको सरकारी कम्पनीको कमिशन काण्ड खुलासा भएको छ । आफ्ना नागरिक लैजान अस्ट्रेलियन दूतावासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मातहतको सरकारी कम्पनी नेपाल वायुसेवा निगमको जहाज सीधा चार्टर्ड गरेकोमा निगम नेतृत्वले कमिसनका लागि बोन ट्राभल्सलाई बीचमा छिराएको पाइएको छ । नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५ लाख कमिसनको चलखेल भएको छ । अस्ट्रेलियन दूतावासले वाइडबडी जहाज सीधै चार्टर्ड गरेकोमा निगम नेतृत्वले बीचमा बोन ट्राभल्सलाई घुसाएर मिलेमतोमा कमिसन खाएको हो । मंगलवार निगमका अपरेसन विभाग निर्देशक दिपुराज ज्वारचनले काठमाडौं–क्वालालम्पुर–ब्रिसवेन जाउआउ २६ घन्टा उडानका लागि प्रतिघन्टा १८ हजार १ सय अमेरिकी डलरका दरले जहाज बुक भएको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । यो हिसाबमा निगमले सीधै ४ लाख ७० हजार ६ सय डलर पाउने पक्का थियो । बुधवारको डलरको भाउअनुसार ५ करोड ७१ लाख १२ हजार १६ रुपैयाँ निगमलाई हात लाग्थ्यो । तर बुधवार घटना पूरै मोडियो । निगमले बोन ट्राभल्समार्फत १४ जना बिजनेस क्लासका टिकट बिक्री गर्‍यो । यसको प्रतिव्यक्ति २३ सय डलरका दरले ३२ हजार २ सय डलर हुन्छ । ट्राभल्सले अन्य २ सय ३६ यात्रुलाई प्रतिव्यक्ति १ हजार ७ सय ९५ डलरका दरले इकोनोमी क्लासको टिकट बिक्री गर्‍यो । यसको ४ लाख २३ हजार ६ सय २० डलर हुन्छ । सबै २ सय ५० यात्रुको चार लाख ५५ हजार ८ सय २० डलर अर्थात् बुधवारको डलर भाउअनुसार ५ करोड ५३ लाख १८ हजार ३ सय १५ रुपैयाँ हुन्छ । आजको नयाँ पत्रिकामा समाचार छ । दूतावासले सीधै चार्टर्ड गर्दाभन्दा ट्राभल्समार्फत जाँदा निगमलाई १७ लाख ९३ हजार रुपैयाँ कम भाडा उठ्ने भएको छ । ट्राभल्सले वैधानिक रूपमै ५ प्रतिशत कमिसनबापत २७ लाख ६५ हजार नौ सय १५ रुपैयाँ लैजान्छ । यसरी निगमलाई सीधै साढे ४५ लाख रुपैयाँ घाटा लागेको छ । निगमका वाणिज्य विभाग प्रमुख टंकनिधि दाहाल भने अस्ट्रेलियन दूतावासकै आग्रहमा बोन ट्राभल्सलाई चार्टर्ड गर्न लगाइएको दाबी गर्छन् । ‘दूतावासले आधिकारिक ट्राभन्स बोन भएकाले सोहीमार्फत चार्टर्ड गर्न भनेपछि सोहीअनुसार गरियो,’ दाहालले भने । तर नागरिक उड्डयन प्राधिकरणको पत्रमा अस्ट्रेलियन दूतावास नै चार्टर्ड पार्टी भएको उल्लेख छ । निगमको एयरबस ३३०–२४३ सिरिजको जहाज उडानका लागि प्राधिकरणले दिएको अनुमति पत्रमा निवेदक नेपाल वायुसेवा निगम तथा चार्टर्ड पार्टी अस्ट्रेलियन दूतावास भनेर स्पष्ट खुलाइएको छ । यसले पनि बोन ट्राभल्सलाई चलखेल र कमिसनका लागि मात्रै बीचमा घुसाइएको बुझ्न सकिन्छ । तर दाहाल भने कूटनीतिक नियोगले चार्टर्ड गरेको उल्लेख गर्दा अनुमति पाउन सजिलो हुने भएकाले चार्टर्ड पार्टीमा दूतावास राखिएको दाबी गर्छन् । ‘अहिले विश्वभरि बन्द छ, उडान अनुमतिलाई समस्या हुने भएकाले प्राधिकरणमा चार्टर्ड पार्टी दूतावास नै उल्लेख गरिएको हो,’ दाहालले भने । निगमको जहाज अस्ट्रेलिया र न्युजिल्यान्डका २ सय ५० नागरिक लिएर बुधबार साँझै उडेको छ ।

    बिहिवार, चैत्र २० २०७६०७:०७:३०
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology