प्रधानमन्त्री ओली आज संसदमा बोल्दै, के–के सुनाउलान् सरकारी काम ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, फाल्गुन २, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्री ओलीले सम्बोधनको समय माग गरेका छन् ।

नेपाल लाइफ

प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले शुक्रवार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

वर्तमान सरकार बनेको फागुन ३ गते दुई वर्ष पूरा हुने भएपनि शनिवार परेका कारण शुक्रवार नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।