केपी ओली इतिहासकै झुट बोल्ने प्रधानमन्त्री ! सार्वजनिकरुपमै किन ढाँट्छन् ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार २४, २०७६

नेपाटप

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलार्य ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पत्र नआएको दाबी गरेका थिए ।

जबकि काठमाडौँस्थित भारतीय दूतावासबाट परराष्ट्रलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ ।

नेपाल लाइफ

पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने प्रश्न उठेको कान्तिपुर दैनिकले लेखेको छ ।