Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

प्रधानमन्त्रीलाई एक युवाको खुला पत्र

प्रधानमन्त्रीलाई एक युवाको खुला पत्र

  • मिडिया डबली

  • आइतवार, चैत्र ३० २०७६


  • सम्माननिय प्रधानमन्त्री, खड्ग प्रसाद ओली ज्यू

    यो सरकार र सरकारको कामकारबाहीको टिकाटिप्पणी गर्न उपयुक्त समय होइन। यो त विश्वव्यापी कोरोना संक्रमणको नियन्त्रणका लागि सरकारको काधमा काध मिलाएर सहयोग गर्ने बेला हो। तर, केही दिनदेखि भारतस्थित अन्तर्राष्ट्रिय स्तरका मिडियाले नेपालको नाम जोडेर ‘नेपालबाट कोरोना फैलाउने संयन्त्र’ भनी बारम्बार प्रशारण गरेको समाचारले खिन्न बनाएको छ,मन रोएको छ।यस देशको एक जिम्मेवार नागरिकको हैसियतले मनमा कुन्ठित विचारलाई शब्दमा उतार्दै,समस्या समाधानको आशा राख्दै यो पत्र लेख्न बाध्य छु।

    images

    सम्माननिय प्रम ज्यू,

    नेपालको पर्सा जिल्ला निवासी नेपाल कम्युनिस्ट पार्टीका नेता जालिम मुखियाले विभिन्न देशबाट २०० जना मानिस जम्मा गरेको, तीमध्ये केही पाकिस्तानी रहेको र ती मानिसहरुको समूहद्वारा भारतमा कोरोना अट्याक गर्ने संयन्त्र नेपालबाट भइरहेको भनी भारतिय मिडियाहरुले बारम्बार समाचार प्रशारण गरिरहेका छन्। यस्तो प्रतिकूल परिस्थितिमा नेपालको नाम जोडेर गरिएको यस्ता समाचारप्रति म तपाईं र तपाई नेतृत्वको सरकारको ध्यानाकर्षण गराउन चाहान्छु। विश्वका सयौं देशमा कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको जान्दाजान्दै पनि भारतिय मिडियाको यस किसिमको भ्रमित समाचार प्रशारणले राष्ट्र र राष्ट्रियतामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

    यदि भारतिय मिडियाले प्रशारण गरेको समाचार सत्य हो भने,नेपाली नागरिकबाट त्यस्तो राष्ट्रघाती कार्य भइरहेको वा हुन लागेको छ भने जुनसुकै हालतमा पनि त्यस्ता व्यक्ति वा समूहरव्यक्तिलाई कानुनको दायरामा ल्याई कानुनबमोजिम कारबाही गरि छिमेकी राष्ट्रलाई कुनैपनि डर, त्रास र खतराबाट मुक्त गराई कोरोना नियन्त्रणमा नेपाल हरबखत भारतलाई सहयोग गर्न तयार छ भनी राष्ट्र प्रमुखको हैसियतले तपाईं बोल्नुपर्ने आवश्यक्ता देख्दछु।यसका साथै भारतीय भारतीय मिडियाले प्रशारण गरेको खबर गलत,भ्रमपुर्ण हो भने,नेपाली नागरिकलाई लगाइएको देशद्रोहको आरोप आरोपमा मात्रै सिमित भए भारतिय मिडियालाई मुखभरिको जवाफ फर्काउन पनि यसै पत्रमार्फत तपाईंलाई आग्रह गर्दछु।

    राष्ट्र र राष्ट्रियतामाथिको यस्तो प्रहार कुनैपनि हालतमा कुुनैपनि व्यक्तिको लागि सह्य छैन।यसको खण्डन राष्ट्रियस्तरबाट सरकार र नागरिकले गर्न आवश्यक छ।यो राष्ट्रिय प्रतिष्ठा माथिको प्रहार हो।यो केवल सम्बन्धित मिडियाको विश्वसनीयताको मात्रै सवाल हैन।यस्ता हल्लै हल्लाले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको साखलाई असर पार्दछ।चौतर्फी बदनाम हुन्छ।यस्तो हुन नदिन राष्ट्रप्रमुखको हैसियतले तपाईंले उपयुक्त कदम चाल्नुपर्दछ।यो प्रहार हाम्रो अस्तित्व र छवि माथिको प्रहार हो।

    सम्माननिय प्रम ज्यू,

    अन्त्यमा,विश्व आक्रान्त भइरहेको यो परिस्थितिमा भारतिय मिडियाले नेपाल र नेपालीलाई कोरोनम सप्लायर्सको पगरी भिराइदिएको छ।राष्ट्र र राष्ट्रियताप्रती औंला ठड्याएको छ।भारतिय मिडियाको उक्त आरोप र नेपाली नागरिकबाट हुन सक्ने यस किसिमको घृणित कार्यबारे तपाईं र तपाईं नेतृत्व सरकार बेलैमा सचेत र सजग हुन आवश्यक छ।

    राष्ट्र,राष्ट्रियता र राष्ट्रवासि नागरिकविरुद्ध गरिएको यस प्रहारको खण्ड गर्नु तपाईंको प्रमुख दायित्व हो।यस विषयलाई गम्भीरतापूर्वक अध्ययन गरि समस्या समाधानको साथै नेपाल र नेपालीबाट कुनैपनि मुलुकमा कुनैपनि किसिमको खतरा नरहेको र रहने छैन भनी राष्ट्रको नाममा सम्बोधन गर्दै सारा नेपालीको एउटै आवाज बोलीदिनु हुनेछ भन्ने आशा राखेको छु।यसका साथै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनुहुनेछ भन्ने ढृट विश्वासका साथ आजको लागि मेरो कलम बन्द गर्ने अनुमती चाहान्छु।

    धन्यवाद!

    विराज मानन्धर हरिनास गाउँपालिका–६ स्याङ्जा गण्डकी प्रदेश, नेपाल। २०७६–१२–३०

    आइतवार, चैत्र ३० २०७६१०:४०:१४
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology