Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

अनिकालमा बीउ जोगाउनु, हुलहालमा जीउ जोगाउनु !

अनिकालमा बीउ जोगाउनु, हुलहालमा जीउ जोगाउनु !

  • मिडिया डबली

  • शुक्रवार, चैत्र १४ २०७६


  • कोरोना भाइरस चीनको वुहान शहरबाट सन् २०१९ डिसेम्बरबाट सुरू भएर आज सम्पूर्ण देशसम्म फैलिएको यथार्थ छर्लङ्ग छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट २५ हजार जनाको मृत्यु भइसक्यो भने ५ लाखभन्दा बढी संक्रमित छन् । भाइरस यति छिटो फैलिँदै छ कि जसले गर्दा आज सम्पूर्ण व्यक्ति त्रसित छन् । यदि विश्वयुद्ध भएको भएपनि यति मानिसहरूको विचल्ली हुने थिएन । निर्दाेष मानिसहरूले ज्यान गुमाउनुपर्ने थिएन । घाइतेहरूको उपचार हुन्थ्यो । एकअर्कालाई मानवीय भावनाको हिसाबले सहयोग हुन्थ्यो । तर आज पूरै विश्व प्रकृतिसँग लड्नुपरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको छ, यो भाइरसले न दोषी न निर्दोष, न धनी न गरीब, न बालक न वृद्ध केही पनि भनेको छैन । आज मानिसहरू एकअर्कासँग भेट्न पनि त्रसित भएका छन् । आज समाजमा केही अप्ठ्यारो पर्‍यो वा कसैको मृत्यु भयो भने पनि शवलाई काँध दिने मानिसहरू छैनन् र मलामी जान नसक्ने भएका छन् । हुँदाहुँदा यहाँसम्म कि आफ्नै परिवार एउटै घरमा पनि किरीया बसे जस्तो गरी मानिसहरू बस्न बाध्य भएका छन् । यदि विश्वयुद्ध भएको भएपनि सीमित समय, सीमित स्थान हुन्थ्यो, त्यहाँ समाजसेवी पत्रकार मानवअधिकारकर्मी, स्वास्थ्यकर्मी आदिको पहिचान गरी उनीहरूबाट औषधि उपचार हुन्थ्यो । यतिखेर आफ्नो वडा, आफ्नो नगर, आफ्नो क्षेत्र, आफ्नो देशभन्दा पनि पूरै विश्वलाई कसरी बचाउन सकिन्छ भन्नेतिर वैज्ञानिकहरूले सोचिरहेका होलान् । तर यतिखेर मानवीय संवेदना देखाउन जरुरी छ । [caption id="attachment_117471" align="alignright" width="336"]ओम बस्नेत ओम बस्नेत[/caption] सबै जनप्रतिनिधिलाई आ–आफ्नो कार्यक्षेत्र राम्रो भए म सफल हुन्थे भन्ने लाग्यो होला । तर म भन्छु आज विश्व नै आक्रान्त भएको बेला एक नगरपालिकाले अर्को नगरपालिकालाई एक देशले अर्को देशलाई सहयोग गर्नुपर्ने देखिन्छ । आज भारत र पाकिस्तानबीच विवाद, उत्तर कोरिया र अमेरिकाबीच विवादका कारणहरू एकअर्कालाई सहयोग नगरे भने यो विश्व सधैंभर संकटमुक्त हुन सक्दैन । कुनै मानिस विदेशमा नेपाली हुन सक्छन्, कुनै मानिस भारतीय, कुनै अमेरिकी, कुनै चाइनिज हुन सक्छन् । आज हरकसैले उनीहरू विदेशी हो भनेर हेलचक्र्याइँ गर्नु हुँदैन । किनभने कोरोना भाइरस एक मानिसबाट, एक ठाँउबाट सर्न शुरू भएको हो । जसले यो विश्वलाई नै आक्रान्त बनाएको छ । त्यसैले सबैले आ–आफ्नो ठाउँमा विश्व बन्धुत्वको भावनाले सहयोग गर्नुपर्छ । कोरोना भाइरसको संक्रमणले विश्व बजारलाई नै असर पारेको छ र प्रायः सबै देशमा संकटकाल वा लक–डाउन भनेर घोषणा गरेको बेला उत्पादन पूर्णरूपमा ठप्प भएको छ । अब सम्पूर्ण देशहरूमा सबै कुराहरूको अभाव हुनेछ । यसले सबैभन्दा बढी प्रभाव खाद्यान्न, औषधि, अर्थतन्त्र अझ भन्नुपर्दा सम्पूर्ण मानव जातिलाई नै खतरा हुन सक्दछ । अर्थात् विश्वमा भयावह स्थिति सिर्जना हुन सक्दछ । जसको कारणले रोग, खाद्यान्न अभाव लगायतका कारण मानिसको मृत्यु हुन सक्दछ । केही मानिसहरूसँग केही समयका लागि खाद्यान्न छ, औषधि छ भने केही मानिसहरू दैनिक ज्यालादारी नगरी खान लाउन पुग्दैन र तिनीहरूलाई सरकारले जति लक–डाउन गरेपनि रोडमा आउन बाध्य हुनेछन् । जसको परिणाम झन् भयावह हुन सक्दछ । तसर्थ अहिलेदेखि नै पुरानो भनाई अनिकालमा बीउ जोगाउनु, हुलहालमा जीउ जोगाउनु भन्ने भनाइलाई आत्मसाथ गर्दै सबैले सक्दो कम खाद्यवस्तु प्रयोग गर्ने, जसले गर्दा कम अभाव हुन जान्छ र लामो समयसम्म अभाव नहुन दिन हरदम प्रयास गर्नुपर्छ । त्यसकारण जनताले लक–डाउनमा आफ्नो घरदेखि बाहिर ननिस्किने र सरकारले खाद्यान्न र औषधि व्यवस्थापन गरे भने लामो समयसम्म कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ । (लेखक कञ्चनपुरका विद्यार्थी नेता हुन् ।)

    शुक्रवार, चैत्र १४ २०७६०८:०१:२६
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology