आफ्नै अन्त्यतिर बढ्दै पाकिस्तान

अग्निशिखा प्रकाशित : आइतवार, फाल्गुन ४, २०७६

नेपाटप

अग्निशिखा
स्थापनाकाल देखी नै आफुले नै अख्तियार गरेको अत्यन्तै छदम्भेषी र आक्रामक रणनीतिका कारण पाकिस्तानको विकास प्रभावित हुदै आएको छ । भारतले हरेक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहँदा पाकिस्तान शान्तिका साथ बस्न सकेको छैन् । एउटै आमाबाट जन्मेको एउटा बच्चा सबै क्षेत्रहरुमा उत्कृष्ट देखिन्छ र अर्को असफल हुन्छ भने पछिल्लोले अघिल्लोबाट कसरी राम्रो गर्ने भनी सिक्नुपर्दछ । यद्यपि पाकिस्तानले यस्तो कहिल्यै गर्दैन् । वास्तवमा पाकिस्तानले जहिले पनि भारतलाई हानि पुर्याउने र भारतको स्थायित्व समाप्त गर्ने मनसायले हानि पुर्याउने अवसरहरू खोजिरहेको हुन्छ ।

आफ्नो स्वतन्त्रताको समयदेखि नै पाकिस्तानले भारतसँग थुप्रै युद्ध लडेको छ र सबै हारेको छ । विभाजन लगत्तै पाकिस्तानी गुुरिल्लाहरुले जम्मू कश्मीरमा जबरजस्ती राज्य कब्जा गर्न प्रयास गरे । कश्मीरका राजाले भारत वा पाकिस्तानको साथ रहने कि नरहने भन्ने महत्वपूर्ण निर्णय न लिइसकेको अवस्थामा पाकिस्तानले त्यहाँ आदिवासीहरुको आक्रमणकारी गुरिल्लाहरु पठाएको थियो । पाकिस्तानी आक्रमणपछि त्यहाँको महाराजाले भारतको सहयोग खोज्यो र भारतको हिस्सा बन्ने निर्णय गर्यो । यो कदमले पाकिस्तानको मानसिकतामा स्थायी रुपले कालो छाप छोडेको छ र एक राष्ट्रको रुपमा पाकिस्तान एवम् त्यहाँका नेताहरु आजसम्म पनि ग्लानीका साथ बाचिरहेका छन् ।

नेपाल लाइफ

संयुक्त राष्ट्र संघकोे प्रस्तावको सम्बन्धमा पाकिस्तानले विश्व समुदायसँग लुकाउन खोजेको मुख्य मुद्दा के हो भने उक्त प्रस्तावले पाकिस्तानले कब्जा गरेको कश्मीरबाट आफ्ना सेना फिर्ता गर्न तथा भारत र पाकिस्तान दुबैको हिस्सामा रहेको समग्र काश्मिरमा त्यहाँको जनताले के चाहन्छन भने दर्शाउन बाटो खोल्न निर्देशित गर्छ । यद्यपि पाकिस्तानले कब्जा गरेको काश्मिरबाट सेना फिर्ता बोलाउनुपर्ने प्रस्तावको पहिलो भागको उल्लेख नै नगरी जनमत संग्रहको राग मात्रै अलाप्ने गरेको छ । त्यसकारण संयुक्त राष्ट्र संघको प्रस्ताव काम नलाग्ने संयन्त्र जस्तै बनेको छ जसमाथि कश्मीर मुद्दाको समाधानको लागि निर्भर हुन सकिदैन् ।

१९६५मा पाकिस्तानले एकपटक फेरि जम्मू कश्मीरमा घुसपैठ गर्ने प्रयास गरेर द्वन्द्वको शुरुआतको कारक बन्योे जसलाई अपरेसन जिब्राल्टर भनेर चिनिन्छ । जवाफपमा भारतले पूर्ण युद्धको घोषणा गर्यो जुन पाकिस्तानको पराजयसँगै समाप्त भयो । पाकिस्तानले अन्तर्राष्ट्रिय स्तरमा गम्भीर आलोचनाको सामना गर्नुपरेको थियो र युद्धमा बिजयले फेरि एकपटक भारतीय रक्षा बल पाकिस्तानीहरु भन्दा सधै श्रेष्ठ रहेको प्रमाणित भयो । पाकिस्तान र उसको सेनाको लागि ठूलो क्षति भएको थियो भने भारतले पाकिस्तानलाई आफु एक उच्च शक्ति भएको कडा सन्देश दिन सफल भएको थियो । युद्ध भूमि, हावा र समुद्र तिनवटै मोर्चामा लडिएको थियो ।

दुई देशले १९७१ मा फेरि युद्ध लडे जुन पाकिस्तानले विभिन्न भारतीय शहरहरूमा हवाई आक्रमण गरेर शुरू गरेको थियो । अहिलेको बंगलादेश त्यतिबेला पाकिस्तानको हिस्सा थियो र पूर्वी पाकिस्तानको रूपमा चिनिन्थ्यो । इस्लामाबादको सरकारले पूर्वी पाकिस्तानका बंगालीहरूलाई कहिल्यै महत्वपूर्ण भूमिका खेल्ने अनुमति दिँदैन्थ्यो । पंजाबले पाकिस्तानी शासन सत्ता माथि प्रभुत्व जमाएकोले बंगालीहरुले बिद्रोहको शुरुआत गरेका थिए र पूर्वी पाकिस्तानको बंगाली जनसंख्या नियन्त्रणमा राख्न पाकिस्तानको लागि गाह्रो र चुनौतीपूर्ण बनेको थियो ।

त्यसकारण पाकिस्तानी सैनिकहरू र पूर्वी पाकिस्तानका स्थानीय बंगालीहरूबीच युद्ध भएको थियो जसमा पाकिस्तानी सैनिकहरूको बिरूद्ध बंगालीहरुले गुरिल्ला युद्ध लडेका थिए । अन्ततः १६ डिसेम्बर १९७१ मा पाकिस्तानी सेनाको पूर्वी कमाण्डले बंग्लादेशको स्वतन्त्रता स्वीकार्दै आत्मसमर्पण गर्याे । करीव ९० हजार पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण गरे र युद्धका बन्दी भए । यो ऐतिहासिक युद्ध हो किनकि यसले बंगलादेश नामको नयाँ राष्ट्रको निर्माणसँगै संसारको भूगोललाई परिवर्तन गर्यो ।

भारतीय सेनाको श्रेष्ठता र भारतको बिरूद्ध युद्ध जित्न पाकिस्तानले आफ्नो असक्षमता बुझेपछि पाकिस्तानले कश्मीरमा लामो समयसम्म सानो सानो आंतककारी आक्रमण गरी भारतलाई हानि पुर्याउने रणनीति अख्तियार गर्याे । उनीहरूले आतंकवादको कच्चा र अमानवीय उपकरणमा निर्भर हुने निर्णय गरे र यस माध्यमबाट भारतलाई लक्षित गर्न थाले ।

कश्मीरमा वर्षौंदेखि भारतीय सेना र भारत सरकारको सम्पत्तिमा आक्रमण गर्न ठूलो संख्यामा आतंकवादी घुसाइयो । साथै पाकिस्तानले यो पनि सुनिश्चित गर्याे कि लश्कर ए तोयबा र जैशी मोहम्मद जस्ता समूहहरू कश्मीरमा सक्रियताका साथसाथै भारतका विभिन्न भागहरूमा आक्रमण गर्न सक्रिय रहोस ।

१४७ जना घाइते भएको २६÷११ को प्रख्यात मुम्बई हमलासहित भारत थुप्रै आतंककारी घटनाहरूको शिकार भएको छ । हमलाहरूको शृंखलामा भर्खरै फेबरुअरी २०१९ मा भएको पुल्वामा घटना एक हो जसमा केन्द्रीय रिजर्व प्रहरी बलका ४४ जवान शहिद हुनुपरेको थियो । भारतले जैसी महम्दको प्रशिक्षण शिविरहरूमा हवाई स्ट्राइकबाट बदला लिनु परेको थियो ।

एकपल्ट १९९९मा पाकिस्तानले आदिवासीहरूको पोशाकमा पाकिस्तानी सेनालाई भारत र पकिस्तानबीचको नियन्त्रण रेखाको छेउमा भारततर्फ प्रवेश दिलाउने प्रयास गरी भारतलाई प्रतिक्रिया जनाउन बाध्य पार्यो । यद्यपि उनीहरुले आकस्मात रुपले घुसपैठ गरेको थियो भारतीय सेनाले स्थितिको सफलतापूर्वक सामना गर्दै पाकिस्तानी सैनिकहरूलाई हटाउन सक्षम भयो ।

पाकिस्तानले आतंकवादलाई राज्य उपकरणको रूपमा प्रयोग गर्ने गरेको कारण पाकिस्तान राष्ट्र र त्यहाँको जनताको छविमा गम्भिर क्षति पुर्याएको छ । पाकिस्तान गरिबी र निरक्षरतासँगै आर्थिक विकासमा पनि निकै कमजोर प्रदर्शन गर्ने देश बनेकोे छ ।

यो मुलुक आफ्नै जटिल आन्तरिक राजनीतिमा दिक्क छ र आफलै प्रश्रय दिएको आतंकवादको शिकार बनेको छ । चरम आर्थिक संकटमा जोगिन सरकारले खास गरी विदेशमा रहेका पाकिस्तानीहरूबाट चन्दा माग गर्दैछ जसले पाकिस्तान मृत्यु तर्फ बढ्दै गएको स्पष्ट संकेत दिन्छ ।

पाकिस्तानमा लोकतन्त्र दृष्य मै छैन जहाँ सबै क्षेत्रमा सेनाले प्रभुत्व जमाइरहेको छ । सेनाले चलाउने देश प्रतिगामी र पछाडि रहन बाध्य हुन्छ र पाकिस्तानमा त्यही भएको हो । उच्च र धनी वर्गले महसुस गर्छन् कि देशको कुनै भविष्य छैन र प्रायः आफ्ना बच्चाहरु र परिवारलाई विदेशमा बसाउछन् । राम्रो जीवन र भविष्यको खोजीमा ठुलो संख्यामा पाकिस्तानीहरू विदेशतर्फ हेर्छन् ।

भारतीय रणनीतिकारहरूले प्राय महसुस गर्छन् कि भबिष्यमा भारतबिरोधी कुनै पनि आतंकवादी घटनामा पाकिस्तानको संलग्नता भेटिएको खण्डमा भारतले उसको बिरूद्ध कडा कारबाही गर्नु आवश्यक हुन्छ । अहिलेको भारत सरकार पाकिस्तानलाई अब हुने युद्धमा यत्तिको कठोर रुपमा हान्न तयार छ कि पाकिस्तान यस प्रहारबाट जोगिएर फेरि उठ्न सक्ने अबस्था कहिल्यै आउदैन ।

यसले निश्चिित रुपमा पाकिस्तानी राज्यको यात्रामा पुर्ण बिराम लगाउछ । अन्तर्राष्ट्रिय रूपमा आतंकवादको केन्द्रको रूपमा चिनिने पाकिस्तानको कमजोर विश्वसनीयतालाई ध्यानमा राख्दै धेरैजसो देशहरू पाकिस्तानी झण्डा झुकेको हेर्दा खुशी नै हुनेछन् ।

(लेखक दक्षिण एसिया मामिलाका जानकार व्यक्ति हुन् ।)