काठमाडौं - मुलुकको सबैभन्दा ठूलो ब्रोडसिट कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले राजीनामा दिने भएका छन् ।
उनले आइतबार आफू कान्तिपुरबाट अलग हुने घोषणा गर्न लागेका छन् । लामो समयसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहेर काम गरेका शर्माले किन राजीनामा दिन लागेका हुन् भन्ने खुलिसकेको छैन ।
तर केही समययता कान्तिपुरमा देखिएको समस्याबाट आजित भएर उनले राजीनामा दिन लागेको त्यहाँ कार्यरत पत्रकारहरू बताउँछन् । कान्तिपुरका मालिक कैलाश सिरोहियाको अस्वाभाविक दबाब थेग्न नसकेर शर्मा हैरान भएको बताइन्छ ।
त्यहाँ कार्यरत ४० जनाभन्दा बढी पत्रकार, कर्मचारीलाई निकाल्न व्यवस्थापनले दबाब दिएको र शर्मा त्यसमा असहमत रहेको बताइन्छ । हुन त दुई वर्षअघि नै कान्तिपुरको सम्पादक भएर गएका उमेश चौहानलाई प्रधानसम्पादक बनाउने त्यतिबेलै तयारी थियो ।
शर्माले चौहानलाई कान्तिपुर ल्याएर आफू बाहिरिन खोजेका थिए । तर दुई वर्षसम्म संस्थामा रहेर उनले काम गरेका छन् । उनको आफ्नै किताब पब्लिसर्स कम्पनी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।