काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको मिडिया हेर्ने गरी स्वकीय सचिवालयमा पत्रकार खिला कार्की नियुक्त भएका छन् ।
नेपाल प्रेस युनियनका पूर्वसचिव कार्कीले लामो समयदेखि पौडेलको मिडिया हेर्दै आएका थिए ।
राष्ट्रपतिको पदभार सम्हालेको भोलिपल्टै पौडेलले परराष्ट्र मामिला हेर्ने गरी प्रमुख स्वकीय सचिवमा डा.सुरेशराज चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए ।
कार्कीलाई भने मिडिया हेर्ने जिम्मा दिइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।