आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

  • मिडिया डबली
  • बुधवार, चैत्र १ २०७९


  • प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चैत ६ गते विश्वासको मत लिने भएका छन् । चैत ५ गतेसम्म राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता सकिने भएकाले प्रचण्डले त्यसको भोलिपल्ट विश्वासको मत लिने भएका हुन् । 

    कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा खानेपानीमन्त्री अब्दुल खानले प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने तय भएको र विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद विस्तार हुनेछ । 

    images
    images

    एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिने भएका हुन् । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँगको नयाँ राजनीतिक समीकरण बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । फागुन १३ देखि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । 

    यसअघि उनले पुस २६ गते संसदबाट विश्वासको मत लिएका थिए । नेपाली कांग्रेसले बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र सरकारमा जाने निर्णय गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ८ २०७९०३:५६:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend