आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

चीनले तीन वर्षदेखि ताक्लाकोट नाका बन्द गरेपछि व्यवसायीको बिजोग

चीनले तीन वर्षदेखि ताक्लाकोट नाका बन्द गरेपछि व्यवसायीको बिजोग

  • मिडिया डबली
  • बिहिवार, माघ २६ २०७९


  • चीनले तीन वर्षदेखि ताक्लाकोट नाका बन्द गरेपछि व्यवसायीको बिजोग

    दार्चुला — आफूलाई नेपालको असली मित्र भनेर बताउने चीनले नेपालीलाई सधैं दुःख र सास्ती दिने गरेको छ ।

    उसले अहिलेसम्म नेपालसँगका कुनै पनि नाका स्थायी रूपमा खोलेको छैन । पहिले भूकम्प र तीन वर्षदेखि कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगका नाका बन्द गरेको छ । रसुवागढी नाका चीनको स्वेच्छामा निर्भर छ । मन लागे एक महिना खुल्छ, नलागे बन्द हुन्छ ।

    images
    images

    तातोपानी नाका त तीन वर्षभन्दा बढी भइसक्यो बन्द भएको । रसुवागढी नाकालाई चीन र नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्ने मुख्य नाका मानेका थिए । यस्तै, तीन वर्षदेखि बन्द पश्चिम नेपालको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द भएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् ।

    ६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् । नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । दार्चुलाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् ।

    तीन वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान ल्याउन नसक्दा बजारमा चिनियाँ वस्तु उपलब्ध हुन सकेको छैन । चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए पनि दार्चुलासितको नाका सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् ।

    ताक्लाकोट नाका बन्द भएपछि त्यहाँ विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ । विगतमा ताक्लाकोटबाट भन्सार पास नहुदा नेपाल–चीनको व्यापार बन्द भए पनि दार्चुलाको व्यासका स्थानीयले ताक्लोकाट बजारमै ६ महिना व्यापार व्यवसाय गर्दै आएका थिए ।

    दार्चुलाका तांक्लाकोट बजारका धेरै व्यवसायीले पसलमा राखेको सामानको अवस्थासमेत थाहा पाउन सकेको छैनन् । चिनियाँ सिमावर्ती बजार ताक्लाकोट जोड्ने बाटो छैन ।

    नेपाली व्यावसायीहरूले ताक्लाकोटमा होटल, नेपाली उत्पादनका पसल, काठका भाडाकुडा, हाते होजियारीका सामान, नेपाली गलैंचा, बास, निगालो, छाला र अन्य हस्तकलाका सामानको वर्षौंदेखि व्यापार गर्दै आएका थिए । मह, घिउ, छुर्पी, खुर्सानी, टिमुर र जडीबुटीलगायत नेपालमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सामानको व्यापार पनि हुँदै थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २६ २०७९१०:२७:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend