आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

प्रेम आचार्यको आत्मदाहको सन्देशः लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरका लागि त स्वर्ग छ

प्रेम आचार्यको आत्मदाहको सन्देशः लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरका लागि त स्वर्ग छ

  • मिडिया डबली
  • बुधवार, माघ ११ २०७९


  • प्रेम आचार्यको आत्मदाहको सन्देशः लाखौंका लागि उजाड छ यो देश, मुठ्ठीभरका लागि त स्वर्ग छ

    काठमाडौं - संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन भएको छ।

    यो एक आमव्यवसायीको दर्दनाक कहानी हो। उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्नु सामान्य होइन । मंगलबार दिउँसो उनले संसद् भवन बाहिर आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

    images
    images

    ८० प्रतिशत शरीर जलेको उनको बुधबार बिहान साढे ४ बजे निधन भएको हो । उनले आत्मदाहको प्रयास गर्नु अगाडि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए ।

    आचार्यले राज्यको नीतिकै कारण आफूले पटकपटक आत्महत्याको प्रयास गरेको, दुई वर्षदेखि डिप्रेसनमा रहेको उल्लेख गरेका थिए । उनले सामाजिक सञ्जालमा ६ हजारभन्दा बढी शब्द लेखेर आफू मरे पनि देश बाँचिरहोस् भनेर लेखेका थिए ।

    संसद् भवन अगाडि आत्मदाह सामान्य घटना होइन। यो त राज्य सञ्चालक र नेताहरूविरुद्ध सुरुवात भएको अनुमान गरिएको छ । आचार्यको यो कदमविरुद्ध देश नै आन्दोलित हुन बेर छैन ।

    अहिले बनेको नयाँ सरकारसँग पनि जनता त्यति धेरै सन्तुष्ट छैनन् । भ्रष्टाचार र गम्भीर अपराधमा संलग्न व्यक्ति नै सरकारमा रहेको देखिएको छ । प्रेम आचार्यले नेपालको यो युग चिनाएर गए ।

    नेपालमा फस्टाएको बेथिति सुनाएर गए । नेपालको वातावरण र परिवेश चिनाएर गए । दलाल चरित्र र निकम्मा सरकार चिनाएर गए । सरकार आफ्ना नागरिकप्रति कति असंवेदनशील र अनुदार छ भन्ने देखाएर गए । यहाँका शासकहरूको खुनी चेहेरा उदांगो पारेर गए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ११ २०७९१२:०१:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend