काठमाडौँ- काठमाडौंमा ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनी जारी छ। नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा प्रदर्शनी आयोजना गरिएको हो।
नेपालका लागि भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले आइतबार प्रदर्शनी उद्घाटन गरेको जानकारी भारतीय दूतावासले जानकारी दिएको छ। त्यस अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल कला परिषद्का अध्यक्ष सागर शमशेर जबरा, ललितपुर एवम् काठमाडौं महानगरपालिकाका उप–प्रमुखद्वय मञ्जली शाक्य तथा सुनीता डङ्गोल उपस्थित थिए।
कला प्रदर्शनी मंसिर २४ गतेसम्म बबरमहलस्थित नेपाल कला परिषद्मा चल्नेछ। भारतीय दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले आजै देखि ‘भारत र नेपालका देवी देवताहरूको प्रतिमाको अभिव्यक्ति’ नामक दुई दिने ‘लेक्चर सिरिज’ सञ्चालनमा ल्याएको छ।
gcapi.dll :To download file click here
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।