बुधवार, मंसिर १४ २०७९Nov 30 2022

Logo
images
आजको विशेष

काठमाडौंमा नगर प्रहरीको रवाफ, नेपाली प्रहरी निरीह

काठमाडौंमा नगर प्रहरीको रवाफ, नेपाली प्रहरी निरीह

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ७ २०७९


  • काठमाडौंमा नगर प्रहरीको रवाफ, नेपाली प्रहरी निरीह

    काठमाडौं - यतिबेला काठमाडौंमा नगर प्रहरी प्रमुख राजु पाण्डेको दबदबा छ । काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनले आफ्नो कार्यशैलीलाई म्याच हुने गरी धनपति सापकोटालाई हटाएर पाण्डेलाई नियुक्ति गरेका थिए ।

    काठमाडौं महानगरपालिका क्षेत्रभित्र बनेका सयौं अवैध संरचनामा डोजर लगाउन पाण्डेकै नेतृत्वमा भइरहेको छ । सुरुसुरमा केही ठाउँमा मेयर बालेन आफैं पुगेका थिए ।

    images
    images
    images

    तर, मेयर डोजर लिएर हिँडेको सुहाएन भन्दै चौतर्फी आलोचना हुन थालेपछि अहिले नगर प्रमुख पाण्डे दबंग शैलीमा अघि बढेका छन् । वरिपरि २०–२५ जना युट्युबर लिने अनि यहाँबाट घरटहार, पर्खाल भत्काउनु भन्दै पाण्डेले निर्देशन दिने गरेका छन् ।

    सँगसँगै २०–३० जना नगर प्रहरी पनि हिँडेका हुन्छन् । उनीहरूको जोश जाँगर यस्तो छ कि शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरी उनीहरूका अगाडि निरीह जस्तै छन् ।

    एक दुई महिनादेखि काठमाडौंको सहरी क्षेत्रमा नेपाल प्रहरी त गुमनाम जस्तै छन् । जताततै नगरी प्रहरीको मात्र चर्चा छ । मिडिया, युट्युब, टिकटक, सामाजिक सञ्जाल जताततै नगरी प्रहरीको चर्चा, अन्तर्वार्ता, गुनागान गाइएको मात्र देखिन्छ ।

    स्थानीय तहको निर्वाचनलगत्तै मेयर बालेनले नगर प्रहरीको भत्ता दैनिक पाँच सय बढाइदिएका छन् । यसले पनि नगर प्रहरीको काम गराई शैली निकै फरक छ ।

    त्यसमा पनि कुनै ठाउँमा महानगरले हात हाल्नुअघि के के गर्ने, कसरी अघि बढ्ने, स्थानीयवासी, व्यापारीसँग कसरी डिल गर्ने भन्ने प्रशिक्षण मेयर बालेनले नै महानगरपालिकामा दिने गरेका छन् । जसकारण नगर प्रहरीको कार्यशैली निकै चुस्त देखिएको छ ।

    नगर प्रहरीको फुर्तीफार्ती निकै हुँदा नेपाल प्रहरी भने गुमनाम छ । चाडबाड लागेकाले सडकमा बिहानदेखि मध्यरातिसम्म ट्राफिक प्रहरी देखिन्छन् ।

    तर, नेपाल प्रहरीको काम भने कतै देखिएको छैन । सुरक्षा अंगमा नेतृत्व राम्रो भएन भने अहिले प्रहरी संगठन जस्तो निरीह बनेको छ, त्यही हालत हुने विश्लेषकहरूको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ७ २०७९१०:२३:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend