सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

आनन्दवन अस्पतालले दक्षिण ललितपुरका धेरै मानिसको ज्यान बचाएको छः फुयाँल

आनन्दवन अस्पतालले दक्षिण ललितपुरका धेरै मानिसको ज्यान बचाएको छः फुयाँल

  • मिडिया डबली
  • सोमवार, आश्विन ३ २०७९

  • 3.8K
    SHARES

  • आनन्दवन अस्पतालले दक्षिण ललितपुरका धेरै मानिसको ज्यान बचाएको छः फुयाँल

    ललितपुर - जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले ६० वर्षदेखि दक्षिण ललितपुरका धेरै मानिसको ज्यान बचाएको बताएका छन् ।

    आनन्दवन अस्पतालले ट्रमा सेन्टर र इमरजेन्सी सेवा स्थापना गरेकामा आइतबार द लेप्रोसी मिसन र ‘इटायर्ड टिम’लाई आभार व्यक्त गर्दै अस्पतालले आफ्नो सेवा दक्षिण ललितपुरका अन्य क्षेत्रमा गर्नुपर्ने उनले बताए ।

    images
    images
    images

    ‘आनन्दवन अस्पतालले ६० वर्षदेखि लेले, चापागाउँ, छम्पी, दक्षिण ललितपुरका धेरैको ज्यान बचाउँदै आएको छ । यसप्रति द लेप्रोसी मिसनलाई आभार व्यक्त गर्न चाहन्छु । ललितपुरलाई चिनाउने, सम्बद्र्धन, प्रवद्र्धन गर्ने अस्पताललाई हेर्ने दायित्व जिससको हुन्छ । यसमा आफ्नो तर्फबाट सहयोग हुन्छ ।

    स्थानीयवासी र जनप्रतिनिधिको सहयोगमा आनन्दवन अस्पतालले सेवा प्रभावकारी बनाइरहेको छ,’ उनले भने, ‘गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वडाध्यक्षद्वय मिलन सिलवाल, विष्णुबहादुर श्रेष्ठलगायत सबैलाई धन्यवाद छ ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले ललितपुरको गोदावरी नगरपालिका–५ मा अवस्थित आनन्दवन अस्पताल परिसरमा निर्मित आनन्दवन ट्रमा तथा इमरजेन्सी विङको आइतबार उदघाटन गरेका थिए ।

    बाल चिकित्सा र सुविधायुक्त एनआईसीयू, प्रसूति गृह, सर्जिकल वार्ड, दुर्घटनापछिको सूक्ष्म उपचार, क्रिटिकल केयर युनिट र इन्सेटिभ केयर युनिटसहितको सेवा तथा सुविधा दिने अभिप्रायका साथ अस्पताल परिसरमा उक्त विङ सञ्चालनमा आएको हो । स्वास्थ्यमन्त्री खापुङले आनन्दवन अस्पतालले पुर्याएको सेवा र सुविधा धेरै महत्वपूर्ण भएको बताए ।

    ‘हरेक वर्ष स्वास्थ्य उपचारका कारण चार लाख नेपाली गरिबीको रेखामुनि पुग्छन् । उपचार पनि अत्यन्त महँगो हुँदैगएको अवस्थामा यो अस्पतालले पुर्याएको सेवा र सुविधा अत्यन्तै महत्वपूर्ण छ’, उनले भने ।

    देशैभरका कुष्ठरोगका बिरामीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको आनन्दवन अस्पतालले ललितपुरको दक्षिणी भेगका नागरिकको स्वास्थ्य उपचारमा महत्वपूर्ण सेवा पुर्याउँदै आइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन ३ २०७९०१:५७:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend