सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

चीनको अघोषित नाकाबन्दीले नेपालीको ज्यान लिन्छ, जिम्मेवार को ?

चीनको अघोषित नाकाबन्दीले नेपालीको ज्यान लिन्छ, जिम्मेवार को ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३० २०७९

  • 555
    SHARES

  • चीनको अघोषित नाकाबन्दीले नेपालीको ज्यान लिन्छ, जिम्मेवार को ?

    काठमाडौँ- न्यूरोडका असल व्यापारीको छवि बनाएका स्वेत बराहा इन्टरप्राइजेजका सञ्चालक सुदर्शन घिमिरेले आत्महत्याको बाटो रोजेका छन् ।  उनले २०७९ भदौ ६ गते आत्महत्या गरे।

    त्यसैगरी नेपाली बजारमा चिनियाँ सामान आयात र आपूर्तिमा संलग्न सिन्धुपाल्चोकका युवा उद्यमी हरेराम पौडेलले नेपाल–चीन सीमामा महिनौंसम्म सामान अड्किएपछि निराश भएर २०७७ असोज २७ गते आत्महत्या गरेका थिए । यी दुबै व्यवसायी धेरै वर्षदेखि व्यवसायमा थिए र कोरोनाभाइरस महामारीको प्रकोप अघि राम्रो कमाई गरिरहेका थिए।

    images
    images
    images

    तर ती उद्यमीहरू चिनियाँ नाकावन्दीका दोहोरो जालमा परे। एकातिर उनीहरूका सामानहरू धेरै महिनादेखि सीमानामा परेका थिए । अर्कोतिए उनीहरूमाथि ठूलो मात्रामा ऋण थियो।  एकातिर उनीहरू आर्थिक संकटबाट गुज्रिरहेका थिए भने अर्कोतिर बैंक तथा अन्य साहुले नियमित रूपमा किस्ता वा बक्यौता भुक्तानीको माग गरिरहेका थिए ।

    आफ्नो सामानसहितका कन्टेनर लामो समयसम्म चिनियाँ सीमामा अड्किएपछि आर्थिक कारोबार बिग्रिएको भन्दै ती दुई उद्यमीहरूले आत्महत्या गरेका हुन् ।

    सन् २०१९ को डिसेम्बरमा चीनमा कोभिड–१९ को प्रकोप देखा परेपछि चीनको सीमानाकाबाट हुने नेपालको व्यापार प्रभावित भएको छ ।

    नेपालले कुनै निर्णायक पहल नगरे पनि नेपाल सरकारले चीनसँग सीमा खोल्नका लागि पटकपटक बैठकहरू गरिसकेको छ । थुप्रै भेटघाट र छलफल भए। सीमाना पूर्णरुपमा दुवै तिरवाट सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।

    गत चैतमा तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले दुवै उत्तरी बन्दरगाहबाट आयात–निर्यात सहज हुने गरी छिट्टै प्रबन्ध मिलाइने आश्वासन दिए ।  तर, अहिलेसम्म सीमाना खुकुलो भएको छैन ।

    गत भदौमा चीन भ्रमणमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि सीमाका विषयमा चीनसँग छलफल भइसकेको बताए तर त्यो भ्रमण र भेटको नतिजा अहिलेसम्म फलदायी देखिएको छैन ।

    त्यस्तै, हाल चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपालको औपचारिक भ्रमणमा छन् । दशैं, तिहारजस्ता ठूला चाडपर्वका बेला चीनबाट आयात हुने सामान नेपाल भित्रिन सक्ने गरी तातोपानी र रसुवागढी नाका लगायतका नेपाल–चीन सीमानाका नाका तत्काल खोल्न सहजीकरण गर्न नेपाली नेताहरुले चिनियाँ पक्षलाई फेरि आग्रह गरेका छन् । लीले नेपाल–चीन व्यापार घाटा कम गर्न र सीमा नाका खोल्न पहल गर्ने आश्वासन पनि दिएका छ्न ।

    नेपाल–चीन सीमानाका नाका खोल्ने धेरै पटक चिनियाँ नेताहरुले आश्वासन दिए पनि प्रतिवद्धता अनुसारको नतिजा देखिएको छैन ।  अब सीमाका विषयमा नेता ली झान्सुको नेपाल भ्रमण फलदायी हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend