सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

  • मिडिया डबली
  • मंगलवार, श्रावण २४ २०७९

  • 1.1K
    SHARES

  • बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह
    फाइल तस्बिर

    काठमाडाैँ - राष्ट्रिय एकता अभियानले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री नारायण खड्काको तीन दिवसीय चीन भ्रमणको सफलताको कामना गरेकाे छ । 

    अभियानका अध्यक्ष विनय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ,'यो भ्रमणले दुवै देशबीचको मित्रता र भाइचारालाई थप प्रगाढ बनाउनेमा हामी विश्वस्त छौ। सो भ्रमणको क्रममा नेपाल -चीन सम्बन्धमा देखिएका तत्कालिन समस्याहरूको समाधान हुने पनि अपेक्षा राख्दछौँ।'

    images
    images
    images

    अभियानले परराष्ट्र मन्त्रीलाई विभिन्न ५ मुद्दामा चिनियाँ सरकारसँग छलफल गरेर सामाधान गर्न सुझावका साथ आग्रह समेत गरेकाे छ ।

    नेपाल-चीन सीमामा रहेका सीमास्तम्भ, दशगजा अतिक्रमण, नेपाली भूमिमा चीनद्वारा बनाएइका संरचनालगायतका समस्याहरूका विषयमा छलफल गर्न अभियनाले आग्रह गरेकाे हाे । 

    त्यस्तै नेपाल-चीन नाकाहरूमा लामो समय भइरहेको अघोषित नाकाबन्दीकाे विषयमा पनि छलफल गर्न अभियानले आग्रह गरेकाे छ।

    कोभिडपूर्व चीनका विभिन्न विश्वविधालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको अध्ययनमा आएको अवरोध निवारणकाे विषयमा पनि छलफल गर्न अभियानले आग्रह गरेकाे हाे ।

    त्यस्तै नेपालमा चिनियाँ नागरिकहरूद्वारा फैलाइएको आपराधिक सञ्जाल तथा बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न अभियानले आग्रह गरेकाे छ ।

    bbr.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २४ २०७९०४:०५:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend