बुधवार, मंसिर १४ २०७९Nov 30 2022

Logo
images

बाबुरामको नयाँ पार्टीमा महेन्द्र हाबी भएपछि डम्बरले छाडे साथ

बाबुरामको नयाँ पार्टीमा महेन्द्र हाबी भएपछि डम्बरले छाडे साथ

  • मिडिया डबली
  • आइतवार, श्रावण २२ २०७९


  • बाबुरामको नयाँ पार्टीमा महेन्द्र हाबी भएपछि डम्बरले छाडे साथ

    काठमाडौं - डा.बाबुराम भट्टराईले आफूलाई पहिलेदेखि सहयोग गर्दै आएका नेताहरूको साथ पाउन छाडेका छन् । माओवादी त्यागेदेखि नै उनलाई साथीहरूले छाड्दै गएका हुन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार नेपाल समाजवादी पार्टी गठन गरेका छन्।

    जसपा पार्टी छाडेपछि उनले नयाँ पार्टी गठन गरेका हुन् । भट्टराईलाई नयाँ शक्ति गठनदेखि नै सहयोग गर्दै आएका नेता डम्बर खतिवडा भने उक्त पार्टीमा समेटिएका छैनन्।

    images
    images
    images

    शनिबार बसेको पार्टीको पहिलो केन्द्रीय समितिको पूर्ण बैठकले तय गरेका १८८ सदस्यीय केन्द्रीय समिति सदस्यमा बाबुरामकी छोरी मानुषी यमी भट्टराई अटाएकी छन्।

    खतिवडा नयाँ शक्तिदेखि जसपासम्म केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेर काम गरेका थिए। बाबुरामले गठन गरेको नयाँ पार्टीमा आफू सहभागी नभएको खतिवडाले बताएका छन् । खतिवडा वैचारिक नेतामा पर्छन् ।

    ‘आफूले करिब ८ वर्ष सहकार्य गरेको समूहले नेपाल समाजवादी पार्टी गठन गरिरहेको सन्दर्भमा आफ्नो राजनीतिक बुझाई र अडा प्रष्ट पार्नु सायद मेरो अधिकार र कर्तव्य हो,’ उनले आइतबार बिहान फेसबुकमा लेखेका छन्, ‘मेरा अनुभव र बुझाईमा यो समूह र यसका नेता बाबुराम भट्टराई चौरास्ता, चार मनस्थितिमा हुनुहुन्छ। यसलाई एकप्रकारको महाद्विविधा भन्न सकिन्छ।’

    खतिवडाले समाजवादी पार्टीसँग चार बाटा रहेको पनि बताए। ‘नेकपा (मसाल) का नेता मोहनविक्रम सिंहको प्युठान र चित्रबहादुर केसीको बागलुङमा जस्तै गोरखा र सर्लाहीमा सीमित प्रभाव भएको एउटा सानो दलका रूपमा खुम्चिनु।

    कथित समाजवादी केन्द्रको नाममा कुनै कम्युनिस्ट समूह वा कम्युनिस्ट समूहहरुको एकतामा सामेल भई विलयन हुनु। भट्टराई मंसिरपछि राजनीतिक सन्यासमा जानू र समूह नै तितरबितर हुनु।

    र बृहत् अर्थमा वैकल्पिक राजनीतिको पुनर्गठनका लागि एक घटकका रुपमा योगदान गर्नु,’ उनले लेखेका छन्। खतिवडाले बाबुरामको नयाँ पार्टीको भविष्य मंसिर मसान्तसम्म भएको भविष्यवाणी गरेका छन् । नेपाल समाजवादी पार्टीमा अर्का अध्यक्ष महेन्द्र राय यादव हाबी भएका छन् । पदाधिकारीमा सबै महेन्द्र निकट छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १८ २०७९०१:३५:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend